८ वैशाख २०८१ शनिबार
समाज

आमा–छोरी हत्या आरोपीलाई आजीवन कैद

सामुहिक हत्यामा ज्यान गुमाएका आमा शारदा र छोरी रचना चौधरी । तस्बिरः महेश्वर

उदयपुर- ३ महिनाअघि घरमै आमा–छोरीको बिभत्स हत्या गरेको आरोपमा पक्राउ अभियुक्तलाई उदयपुर अदालतले आजीवन कैदको सजाय सुनाएको छ। असोज २४ गते त्रियुगा नगरपालिका-९ चौकीबारीस्थित २८ वर्षीया शारदा चौधरी र उनकी ६ वर्षीया छोरी रनचालाई घरमै हत्या गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका सिराहाको लहान नगरपालिका-८ का ४० वर्षीय रामहरि साहलाई आजीवन कारावासको सजाय सुनाइएको हो।

मंगलबार बसेको न्यायाधीश दिपक खनालको एकल इजलासले लहान स्थायी घर भई त्रियुगा नगरपालिका ३ मोतिगडामा मिठाई व्यापार गर्दै आएका साहलाई आजीवन काराबाससँगै पीडितलाई १ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला सुनाएको हो। अदालतले पक्राउ परेका बखत साहसँग फेला परेको सुनको रिँग र मंगलसुत्र पीडितको भएको कसुरदारले स्वीकारेका हुनाले सो सामान पीडित परिवारलाई फिर्ता दिने आदेश पनि इजालसले गरेको स्रेस्तेदार राजकुमार आचार्यले बताए।

अभियुक्तले २०७६ असोज २४ गते साँझ शारदा र रचना आमाछोरीलाई धारिलो हतियार प्रयोग गरी घरमै बिभत्स हत्या गरेर भर्‍याङमुनि शव लडाएर फरार भएका थिए। हत्याको सातादिनपछि मात्र साह पक्राउ परेका थिए। जिल्ला प्रहरीसँगै प्रदेश र प्रधान कार्यालयबाट खटेको विशेष अनुसन्धान टोलीको सहयोगमा लामो अनुसन्धानपछि शारदाको मंगलसुत्रलगायत सुनका गहना घरमा लुकाएको फेला परेपछि पक्राउ साहविरुद्ध सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीका अनसार ३ वर्षदेखि श्रीमान वैदेशिक रोजगारीमा रहेका शारदासँग दुई वर्षअघि चिनजान भएर आफूसँग विहे गर्ने बाचा गरेको तर, पछिल्लो वर्ष दिनदेखि फोन नउठाउने र भेट्न पनि नमानेकाले आवेशमा आएर घरमा आमा छोरी मात्र भएको मौका पारेर हत्या गरेको स्वीकारेका थिए। जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले असोज २५ गते नै साह मोतिगडास्थित डेराबाट पक्राउ गरे पनि कसुर नस्वीकार्दा सातादिनसम्म अनुसन्धान गर्नु परेको बताए।

धेरै गहिरो र सुक्ष्म अनुसन्धानपछि मात्र साहले विवाह गर्न नमानेका कारण शारदाको हत्या गरेको भन्दै आमालाई मारेको नदेखे पनि आफूलाई घरमा आएको देखेकाले छोरीको पनि हत्या गरेको बयान दिएर अपराध स्वीकारेको एसपी मगरले बताए।
    
 

 

प्रकाशित: ८ माघ २०७६ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App