७ वैशाख २०८१ शुक्रबार
समाज

दीपक मनाङेले भने : उसलाई मुक्का नहानेर फूलको माला लगाइदिनु त ?

पत्रकार भेटघाटमा बोल्दै प्रदेश सांसद दीपक मनाङे। तस्बिर : उमेश पुन

पोखरा- प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले एन्फा कास्की अध्यक्षले आफैले ठगी र भ्रष्टाचार गर्ने अनि आफै ठूलठूलो कुरा गरेकाले झापड हानेको बताएका छन्। मनाङेले मंगलबार एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए।

सांसद मनाङेले बुधबार अपराह्न पत्रकार भेटघाट आयोजना गरी सुधार्नका लागि आफूले झापड हान्नुपरेको जिकिर गरे। 'उसले पचासौं ठाउँमा ठगी र भ्रष्टाचार गरेको छ',उनले भने, 'पहिल्यै झापड हानेको भए सुध्रिन्थ्यो होला, तर झापड नहान्दा झन् बढ्दै गयो, आज भन्दा ५/७ वर्ष अघिनै हान्न पाएको भए पहिल्यै सुध्रिन्थ्यो।’ मैले ठगलाई झापड हान्नुपर्छ,' प्रश्नोत्तर शैलीमा उनले भने, 'ठगलाई झापड नहानेर के म माला लगाईदिउँ?’ मुख्यमन्त्री कपको नाममा भ्रष्टाचार र ठगी भइरहेको भन्दै यसले मुख्यमन्त्री र गण्डकी प्रदेशकै बेइज्जत गरेको बताए। यसले मुख्यमन्त्रीको बदनाम गरिरहेको छ, उनले भने,'त्यसलाई मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो, तर उहाँले हान्नु भएन र मैले हानेँ।’

नेतालाई जुत्ता हान्दा वाहवाही दिने नेपाली जनताले झापड हान्दाचाहिं खेदो खनेको भन्दै असन्तुष्टि व्यक्त गरे। ठग्नेलाई झापड हान्ने नै हो,उनले भने, 'झापड नहानेको भए हुन्थ्यो भनेर उपदेश दिन सजिलो छ, तर ठगीदा कस्तो हुन्छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ।’

सांसद मनाङेले एन्फा कास्की अध्यक्ष मिलनले एन्फा केन्द्रले पठाएको पैसा खाएको आरोप लगाए। साथै उनले मुख्यमन्त्री कपको टाइसिट निकाल्दा फिक्सिङ गरेको गम्भीर आरोपसमेत लगाएका छन्। 'खेलमा फिक्सिङ हुन्छ भन्ने मैले सुनेको थिएँ,'उनले भने, 'तर यसले त टप टप टिमलाई एकातिर र कमजोर कमजोर टिमलाई अर्को तिर राखेर फिक्सिङ गरेछ, यो त महाभ्रष्टाचारी पो रहेछ।’

 

 

प्रकाशित: ८ माघ २०७६ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App