coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीसँगै विद्यालय पुग्छन् अभिभावक

विद्यालयमा विद्यार्थीसँगै आएका अभिभावक । तस्बिर: गोविन्द/नागरिक

दैलेख– ‘३ वटै कक्षामा म्याडमले पढाउँदै, नानीबावुहरुलाई कक्षामा ब्यस्त राखिरहनु भएको थियो। शान्ती म्याडम विद्यालयको कामले बैंकतिर जानु भएको थियो। विद्यालयमा चन्द्रा र टिका म्याडम हुनुहुन्थ्यो।’ यो वाक्य गुराँस गाउँपालिका–४ गाईबान्नामा रहेको श्री लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अभिभावक सुनिता खत्रीले लेखेको अभिभावक पुस्तिकामा उल्लेख छ।

यहाँ हेरक दिन अभिभावकहरु विद्यार्थीसँगै आउँछन्। दिनभर विद्यार्थीसँगै बस्छन्। विद्यालय सफा गर्छन्। अनि विदा भएपछि विद्यार्थीसँगै घर फर्कछन्। हरेक दिन अभिभावकहरु पालैपालो विद्यालय पुग्ने गर्दछन्। विद्यालय व्यवस्थापन समितिको भेला गरेर हेरक दिन विद्यालयमा पालो गरेर अभिभावक जाने निर्णय गरिएको अभिभावक खगेन्द्रप्रसाद आर्चायले बताए। अभिभावक विद्यालय जान थालेपछि पढाईमा सुधार आएको अभिभावक तथा शिक्षकहरु बताउँछन्।

१ कक्षादेखि ३ कक्षासम्म यहाँ ४४ जना विद्यार्थीहरु पढ्ने गरेको प्रधानाध्यापक शान्तिकुमारी शर्माले बताइन्। ३ जना शिक्षिकाहरु विद्यालयमा रहेका छन्। आफ्ना अभिभावकहरु विद्यालय आउँदा आफूहरुलाई खुसी लाग्ने गरेको ३ कक्षामा पढ्ने विद्यार्थी पवित्रा कँडेलले बताइन्। 'उहाँहरु (अभिभावक) सधै आउने गरेको, कसरी पढेका छन् भनेर बुझ्नु हुन्छ।' विद्यार्थी कँडेलले भनिन्, फोहोर रहेछ भने सफा गनुँहुन्छ। चउरका ढुंगाहरु फाल्ने हाम्रो हेरचार गर्ने गर्नुहुन्छ।’

‘पालैपालो अभिभावकहरु आउने गर्नुभएको छ।’ प्रधानाध्यापक शान्तिकुमारी शर्माले भनिन्, 'अभिभावक भेलामा निर्णय नै गरेर अभिभाकहरुले पालो लगाएर विद्यालयमा हेरचार गर्ने भनेपछि नियमित उहाँहरु विद्यालयमा पुरै समय बस्ने गर्नुभएको हो। अभिभावक पुस्तिकामा अभिभावकहरुले प्रत्येक दिन सुझाव दिनुहुन्छ। लेख्न नजान्ने अभिभावकहरुले भनेपछि आफूहरुले त्यहाँ लेख्दिने गर्दछौं।’ विद्यालयमा घरबाटै नियमित विद्यार्थीहरुले खाजा ल्याएर खाने नियम समेत बनाईएको छ। अभिभावकहरु शिक्षक कति जना आउनु भो? विद्यार्थी कति जना आउनुभयो? कसरी पढाई हुन्छ? विद्यालयमा समस्य के छ? लगायतका कुराहरु विद्यालयमा केन्द्रीत हुने गर्दछन्।

अभिभावक आउन थालेसँगै विद्यार्थी पनि सक्रिय छन्। पढाई पनि राम्रो भएको शिक्षकहरु बताउँछन्। अभिभावकहरुको सक्रिय उपस्थितिले शिक्षकहरु आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्ने गरेका छन्। अभिभावक आउँदा स्कुलमा पढाई मर्यादित हुने र पढाईमा कमजोर हुँदा शिक्षकले अभिभावक मार्फत घरमा कुरा पुरयाउने डरले पनि विद्यार्थीहरु पढाईमा ध्यान दिने गरेको अभिभावकहरु बताउँछन्।

शिक्षकले कस्तो पढाउनु भएको छ। विद्यार्थीहरुले कसरी पढीरहेका छन् भनेर आफूहरु नियमित विद्यालयमा जाने गरेको अभिभावक खगेन्द्रप्रसाद आर्चायले भने। आफूहरु विद्यालयमा जाँदा पढाई नसकिँदै घर जाने समस्या हटेको छ आर्चायले बताए। ‘आउँदा विद्यार्थीलाई जम्मा गरेर लिएर आउने र जाँदा लिएर घर जाने गर्दछौं।’ अर्का अभिभावक छवीसरा योगीले भनिन्, 'विद्यार्थीहरुलाई हेरफेर गर्ने, विद्यालय वरपर रहेको फोहोर सफा गर्ने गर्दछौं।’

 

प्रकाशित: ८ माघ २०७६ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App