धितोपत्र बजारमा सुधार टिकेन

बुधबार, ०८ माघ २०७६, १८ : ०९ नागरिक

 काठमाडौँ-   मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ।    
    
यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ। परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ। आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो।    
    
कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ। सो उपसमूहको शेयर १६२.७४ अङ्कले बढेको छ। बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बीमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले घटेको छ।    
    
कारोवार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर रु ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिदबिक्री भयो। यस्तै नेपाल बैंकको रु नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भयो।    
    
स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए।    
    
यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए। कञ्चन डेभलपमेन्ट बैङक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए। रासस    
 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad