coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्रिसमसमा रमाउँदै  इसाई-गैर इसाई

काठमाडौं- गोरखाकी मुना नेपाल र  बाराकी शान्ती  थापाको मित्रता एक दशकभन्दा लामो छ। मुना इसाई धर्मालम्बी हुन, शान्ती हिन्दूधर्मालम्बी। तर उनीहरुबिचको मित्रताम उनीहरुको धर्म बाधक बनेको छैन। बरु एक अर्काको चाँडपर्वमा  रमाउदै आएको उनीहरु सुनाउँछन्।

 'क्रिसमसको रमाइलो हेर्न साथीसग्ांगै आफ्ना नानीहरुलाई पनि लिएर आएको छु,' भनिमन्डलस्थित क्याथोलिक चर्चमा आइतबार  भेटिएकी शान्तीले भनिन्,' अघिल्लो बर्षपनि यसैगरी आएको थिए।' धर्म फरक भएपनि उत्सवको रमाइलोले सवैलाई खुसी दिने उनको बुझाई छ।

आफ्नो पर्वमा साथीलेपनि साथ दिएकोमा मुनापनि खुसी छिन्। विगत एक दशकदेखिनै इसाई धर्म अंगालेकी मुनाले आफु पनि साथीको चाँडपर्वमा उसैगरी रमाउने गरेको सुनाइन्।'क्रिसमसमा  ऊ मेरो पाहुना हो,' उनले भनिन, 'दशैमा म उसको पाहुना  हु।'

मुना र शान्तीजस्तै देशभरका इसाई तथा गैर इसाइ दुवै क्रिसमसको रमाइलोमा रमाए। चर्चहरुमा इसाई धर्मालम्बीको भिड देखिन्थ्यो भने सपिङमलको क्रिसमस रमाइलोमा गैर इसाईहरु बढी देखिन्थे। टाउकोमा क्रिसमस टोपी र गालामा सान्टाक्रुजको चित्र कोरिएका यूवतीहरुको हसिलो अनुहारले राजधानीका सपिङमल तथा रेष्टुरेन्टमा क्रिसमसको उज्यालो छरिएको भान हुन्थ्यो।

मानभवनस्थित होस्टलमा बसेर कक्षा ११ मा अध्यन गर्दे गरेकी इला शर्मापनि होस्टलमा खाना बनाउने इसाई धर्मालम्बी तबिता तामाङसगै  चर्चमा रमाइन। चर्चमा रहेकका आकर्षक तस्बीर नियाल्दै तस्वीर खिच्दै गरेकी उनले पहिलो पटक चर्चमा आउदा  निक्कै रमाइलो लागेको सुनाइन्। 'दिदीले सधै मिठो खाना बनाएर  खुवाउनु हुन्छ,' उनले भनिन्, 'आज उहाँको पर्वमा  विभिन्न परिकार खान पाउँदा झनै  रमाइलो भएको छ।' चर्चमा क्रिसमसको धुमधाममा  इलाले तस्बीरहरु सामाजिक संजालमा राखेर साथीभाईलाई सेयर गर्ने सुनाइन्।

इसाई धर्मावलम्बीको मुख्य पर्व क्रिसमस आइतबार राजधानी लगायत देशका विभिन्न स्थानमा धुमधामसाथ मनाइएको छ। बिहानैदेखी सहरी क्षेत्रका चर्च तथा सपिङ मल, होटल, सुपरमार्केट तथा अन्य पर्यटकीय बजारमा क्रिसमसको रौनक छायो। क्रिसमसका लागि भन्दै राजधानीका ठूला सपिङ मल तथा होटलमा केही साता अघि देखनै  क्रिसमस ट्री निर्माण  गरिएका थिए।  बजारमा रहेका गिफ्ट सपमा क्रिसमसका उपहार किन्नेको भिड लागेको थियो। इसाई तथा गैर इसाई दुवैले एक अर्कालाई क्रिसमको बधाइ दिदै उपाहार समेत साटासाट गरे। सान्ता क्लजको भेषमा सजिएकासंग तस्वीर खिचाउनेको उत्तीकै भिड देखियो। प्रविधि विकासँगै पछिल्ला दिनमा नेपालीमा पनि क्रिसमस लोकप्रिय हुँदै गइरहेको छ।

क्रिसमसको अघिल्लो दिन इभका अवसरमा  शनिबार विभिन्न चर्च तथा इसाई मण्डलीमा दिप प्रज्ज्वलन समेत  गरिएको थियो। ललितपुरस्थित एजम्पसन चर्च, ज्ञानेश्वरस्थित नेेपाल इसाई मण्डली, पुतलीसडक चर्च, दाखबारी चर्चलगायत उपत्यकाका सयौं चर्चमा आइतबार  बिहानैबाट धर्मावलम्बीको भीड लागेको थियो।

अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई जिसस क्राइस्टको जन्म भएको मानेर क्रिसमस मनाउने गरिन्छ। २०६३ सालमा तत्कालीन व्यवस्थापिका(संसद बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोÈणा गरेपछि क्रिसमसमा सार्वजनिक बिदा दिन थालिएको  छ।

प्रकाशित: ११ पुस २०७३ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App