६ वैशाख २०८१ बिहीबार
समाज

सम्झौताभन्दा कम लागतमा ईलाका प्रहरी कार्यालयको भवन निर्माण

ईलाका प्रहरी कार्यालय उद्घाटनकाक्रममा सलामी ग्रहण गर्दै प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली । तस्बिर सौजन्य: खेमराज पुरी

खोटाङ– खोटाङको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको भवन उद्घाटन गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको वित्तीय सहयोगमा निर्माण गरिएको साढे दुई तले पक्की भवन मंगलबार प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका हुन्।

निर्माण कम्पनी सुर्य/केएम कन्ट्रक्सन जेभीले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कबजारमा सम्झौता गरिएको रकम भन्दा १५ लाख कम लागतमा कार्यालय, ब्यारेक, भान्छा घर तथा शौचालय लगायतका संरचनासहितको ईलाका प्रहरी कार्यालयको भवन निर्माणको काम पूरा गरेको हो।

कार्यक्रममा ३ करोड १५ लाख ९१ हजार १ सय ५० रुपैयाँको लागतमा पूरा गर्नेगरी सम्झौता गरिएको ईलाका प्रहरी कार्यालयको भवन ३ करोड ७५ हजार ७० को लागतमा पूरा भएको जानकारी दिइएको छ। २०७४ साल जेठ १६ गते जिल्ला प्रहरी कार्यालयसँग सम्झौता गरेको सुर्य/केएम कन्ट्रक्सन जेभीले गत कात्तिक १६ गते ईलाका प्रहरी कार्यालयको भवन निर्माणको काम पूरा गरेको हो।

भवनको भुईँ तलामा कार्यालय प्रमुखको कार्यकक्ष, आर्थिक प्रशासन शाखा, लेखा शाखा, अपराध तथा अनुसन्धान शाखा, गार्ड रुम, महिला पुरुष हिरासत रहेको छ। यस्तै, पहिलो तलामा महिला ब्यारेक, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हवल्दार तथा जवान ब्यारेक तथा दोश्रो तलामा सञ्चार शाखा र कार्यालय प्रमुख निवास रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

भवन उद्घाटन कार्यक्रममा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौला, एसएसपी पुरुषोत्तम कँडेल, प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतम लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: ८ माघ २०७६ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App