८ वैशाख २०८१ शनिबार
समाज

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

सुरुङ्गा (झापा)-नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए। बाथरुममा लडेर अचेत हुनुभएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पु¥याइए पनि उनको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए।

एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आउनुभएका थिए। काठमाडौँ स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए। रासस

प्रकाशित: ११ पुस २०७३ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App