coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरमा बम

बैतडी- बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी र नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मुलगेटमा प्रेसरकुकर बम भेटिएका छ। डिलासैनी गाउँपालिका–३ पंसेरामा बुधबार बिहान ३ बजे गाउँपालिकाको वडा नं. ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ। नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो। पालकै से१ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रमुख डिएसपी दिल्लीनारायण पाण्डेले जानकारी दिए। बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ।

घटना बारे अनुसन्धान गर्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ८ माघ २०७६ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App