coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चिसोबाट बच्न रक्सी नखानू

अञ्जली मिश्र
अलिकति जाडो बढ्यो वा चिसो मौसम भयो भने ‘मौसमले च्यालेञ्ज गर्‍यो’ भन्नेहरुको यहाँ कमी छैन । हुन त पिउनेहरुका लागि बहाना हजार हुन्छन् । थोरै तनाव भयो भने पिउने, तनावै भएन भने पनि पिउनेहरु यहाँ फेला पर्छन् ।

तर के पनि सत्य हो भने थोरै रक्सीले पनि तपाईंलाई तताउन निकै सहयोग गर्छ । चिसो ठाउँमा बस्नेहरुले तताउन रक्सी पिउनेहरु पनि छन् । तर प्रश्न के हो भने चिसो बढ्यो भन्दैमा के रक्सी पिउनु उचित हुन्छ ? के रक्सीले चिसो लाग्न बन्द गर्छ ?

रक्सी र तातोपनको केही सम्बन्ध छ ? साँच्चिकै चिसो लागेको बेला रक्सी खानु कत्तिको बुद्धिमानी हुन्छ ?
थोरै रक्सी पिउँदा यसले तपाईंको शरीरलाई तताउँछ तर यस्तो किन हुन्छ ? रक्सी पिउँदा किन तातोपनको महसुस हुन्छ ?

खासमा भन्ने हो भने रक्तनलीमा रक्सीको प्रवेशपछि रगत पातलिदै जान थाल्छ । यसले रगत बग्दा छालासँग छुदै अघि बढ्दै जान्छ । जुन रगत पहिला छाला नछोई अघि बढ्थ्यो, अब छाला छुन थाल्छ । छाला नजिक टाँसिएपछि यसको ताप सेन्सिटिभ न्युरोनहरु (थर्मोरिसेप्टर) सक्रिय हुन पुग्छ र दिमागलाई शरीरले न्यानोपन पाएको सन्देश पठाउँछ । यही कारणले रक्सी पिएको केही समयमै न्यानोपनको आभास हुन्छ ।

उसो भए पटक–पटक चिसोबाट बच्नका लागि रक्सी पिउनु कत्तिको राम्रो हुन्छ त ? हुँदैन । किनभने रक्सी पिएपछि हामीलाई गर्मीको आभास भए पनि भित्रबाट हामीलाई चिसोपनले ठिंगुर्‍याउँदै ल्याएको हुन्छ ।

यसको खास कारण के हो भने रगत प्रवाहको क्षेत्र बढ्न पुग्नाले रगतलाई तातो बनाइराख्नका लागि शरीरले बढीभन्दा बढी ऊर्जा खर्च गर्छ । अर्थात्, यसले तपाईंको भित्री शरीरको तापमान कम हुन थाल्छ । कोर बडी टेम्प्रेचर शरीरको त्यो तापमान हो, जसले चिसो मौसममा शरीरको तापमान सन्तुलित बनाइराख्न अति आवश्यक हुन्छ ।

यस कारण के भन्न सकिन्छ भने रक्सी पिउँदा तपाईंलाई चिसो हुन त छाड्छ तर यससँगै तपाईंको सम्पूर्ण शरीर बिस्तारैबिस्तारै चिसो हुन थाल्छ । यस्तो अवस्था लगातार हुन थाल्यो भने हाइपोथर्मिया हुने खतरा बढ्न पुग्छ । हाइपोथर्मिया त्यो मेडिकल अवस्था हो, जब शरीरमा सामान्यभन्दा बढी तापमान तीव्रगतिमा बढ्छ । यसले शरीरको भित्री तापमान कम हुँदै जान थाल्छ ।

यसका अतिरिक्त अन्य केही शोधले के पनि बताएका छन् भने लगातार रक्सी पिएर बनाइने तापक्रमले शरीरको तापमान कम त गर्छ नै मस्तिष्कमा पनि नराम्रो असर पुर्‍याउँछ ।

 

प्रकाशित: ८ माघ २०७६ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App