८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा सडक दुर्घटनाबाट प्रतिघण्टा १७ जनाको मृत्यु

काठमाडौं–सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।   

भारतको एक पत्रिकाले दिएको तथ्यांकले यही भन्छ । हालै एक भारतीय पत्रिकाले लेखेको छ  ‘भारतमा हरेक दिन करिब ४०० नागरिकको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ र यो सङ्ख्या हरेक दिन एउटा जेट विमान दुर्घटनाग्रस्त भएर नागरिकको मृत्यु भएको भन्दा पनि अझै केही बढी हो ।’

यस सम्बन्धमा भारतीय सरकार नै गम्भीर हुन नसकेको गुनासो नागरिकले व्यापक मात्रामा गर्ने गरेका छन् । सडक दुर्घटना नियन्त्रण गर्न सरकारको पछिल्लो दुई वर्षको प्रयास व्यापक रुपमा केन्द्रित भएको र यसपूर्व खासै ध्यान नदिने गरिएकाले पहिलेको हेलचेत्र्mयाईंका कारण मुलुकले यस्तो परिणाम भोग्नु परेको उनीहरुको दाबी छ । तर त्यो पछिल्लो सरकारी अभियानले पनि अधिक रुपमा प्रभाव पार्न नसकेको नै स्पष्ट देखिन थालेको छ ।

सन् २०१५ मा भएका पाँच लाख एक हजार ४२३ सडक दुर्घटनामा एक लाख ४६ हजार १३३ मानिसले ज्यान गुमाएका थिए । यस अङ्क सन् २०१४ को तुलनामा पाँच प्रतिशतले वढी हो । गत वर्ष नै करिब पाँच लाख मानिस सडक दुर्घटनाबाटै घाइते भएका तथ्याङ्क त्यहाँको यातायात मन्त्रालयद्धारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१३ मा भारतमा भएको सडक दुर्घटनामा एक लाख ३७ हजार व्यक्तिको मृत्यु भएको थियो । भारतमा हुने गरेको सडक दुर्घटनामा हरेक दिन ६ बालबालिकाले पनि ज्यान गुमाउने गरेका छन् ।
    
सडक दुर्घटनामा परी मृत्युहुने सबै सङख्याको आधाभन्दा बढी (५४ प्रतिशत) उत्पादनशील उमेर समूह १५ देखि ३४ बर्षसम्मका व्यक्तिहरु रहेका अर्को एक तथ्याङ्कमा प्रस्तुत गरिएको छ । प्रत्येक १० सडक दुर्घटनामध्ये करिब आठवटा दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताइएको छ । यी दुर्घटनामध्ये ६२ प्रतिशतभन्दा बढी अनियन्त्रित गतिका कारण हुने गरेको उक्त प्रतिवेदनले देखाएको छ ।

    
    

 

प्रकाशित: १९ असार २०७३ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App