५ वैशाख २०८१ बुधबार
अर्थ

चीनसँगका ६ नाका व्यवस्थित गरिने

सिन्धुली – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पु-याइने बताएका छन्। मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य संघले आयोजना गरेको मरिण महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रीभट्टले विगतमा मरिणका फाँटले नेपालको राजधानीमा अन्न पु-याएको तर आज मरिण खोलाले उर्वर भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र संघीय सरकार अघि बढेको बताए।

‘हिजो हामी अन्नविदेश निर्यात गथ्र्यौं आज भारतबाट वार्षिक ३५ अर्बको चामल आयात हुन्छ, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ,’उनले भने। उनले देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने तथा चीनसँग ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङ लगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौं भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको बताए।

प्रधानमन्त्री केपीशर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा एकीकृत जाँचचौकी उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्तगर्दै उनले उत्पादित वस्तु सहजै तेस्रो मुलुकमा पठाउन सहजहुने बताए।  

प्रकाशित: ८ माघ २०७६ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App