८ वैशाख २०८१ शनिबार
समाज

डिन कार्यालयमा लगाइएको ताला खुल्यो

काठमाडौं–  वरिष्ठताका अाधारमा डिन नियुक्त विरूद्ध अाइअाेएम डिन कार्यालयमा तीन सातादेखि लगाइएकाे ताला सहमती मै अाजबाट खुलेकाे छ । असन्तुष्ट पक्षले रमेशकान्त अधिकारी नेतृतवको समितिले बनाएको मापदण्डलाई पास गराउन सबै पक्ष लाग्ने, डिन कार्यालय र प्राध्यापकबीच छलफल गरेर  अगाडि बढ्ने तथा फ्याकल्टी बोर्डमा प्राध्यापको प्रतिनिधित्व गराउने विषयमा सहमतिपछि ताला खोलिएको हो।

योसँगै नवनियुक्त डिन प्राडा जगदिशप्रसाद अग्रवाल पहिलोपटक आफ्नो कार्यकक्षबाट काम थालेका छन्।  त्रिवि कार्यकारी परिषदले मंसिर १८ गत अग्रवाललाई  डिन नियुक्त गरेको थियो। त्यसका विरुद्धमा १९ नै असन्तुष्ट पक्षले तालाबन्दी गरका थिए।

प्रकाशित: ११ पुस २०७३ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App