coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वमा कहिले कहिले भए विमान अपहरण ?

लण्डन–आतंकवादी संगठनले आफ्ना माग पूरा गराउन विभिन्न देशमा जहाज अपहरण गर्दै आएका छन्। केही दिन पहिला लिबियाको एक जहाजपनि अपहरणमा पर्यो। विश्वमा भएका केही प्रमुख जहाज अपहरणका घटना विवरण यस्तो छ:
इआइ एआई जहाज
सन् १९६८ इआई एआई ४२६ विमान अपहरणमा पर्यो। आतंकवादी संगठन पिएफएलपीले सो अपहरण गरेको थियो। तर विमानमा सवार सबै यात्रु सुरक्षित रिहा भएका थिए।
डउसन विमान सन् १९७० मा  अपहरणमा पर्यो। कसले र किन अपहरणमा गर्यो भन्ने हालसम्म खुल्न नसकेको सो अपहरण काण्डमा सबै यात्रु सुरक्षित रहेका थिए।

टिडब्ल्युए फ्लाइट ८४७ सन् १९८५ अपहरणमा परेको थियो। हेजबुल्लाह नाम आतंकवादी संगठनले अपहरण गरेको सो विमानमा सवार सबै यात्रु सुरक्षित थिए।

१९८५ मा नै इजिप्ट एअरको फ्लाइट ६४८ अपहरणमा परेको थियो। अबु निदाल आतंकवादी संगठनले अपहरण गरेको सो विमानमा सवार ६० जनाको हत्या भएको थियो।
सन् १९८६ प्यान एएम फ्लाइट ७३ अपहरणमा पर्यो । कसले र किन अपहरण गरेको थियो भन्ने स्पष्ट जानकारी अहिलेसम्म नभएको सो काण्डमा विमानमा सवार २० यात्रुको हत्या भएको थियो।

सन् १९९९ मा इण्डिन एअरलाइन्सको फ्लाइट ८१४ अपहरणमा पर्यो। आतकंवादी संगठन हरकत उल मुजाहिद्दीनले अपहरण गरेको सो विमानमा एक जना यात्रुको हत्या भएको थियो।

सन् २००१ मा अमेरिकन एअरलाइन्स फ्लाइट ११ मा अपहरणमा पर्यो । अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाले अपहरण गरेको सो विमानमा सवार सबै यात्रुको मृत्यु भएको थियो।

सन् २०१६ लिबियन एअरलाईन्सको विमान अपहरणमा पर्यो। मुअम्मर अल गद्दाफी समर्थकले अपरण गरेको विमानमा सवार सबै सुरक्षित थिए। 

एजेन्सीकाे सहयाेगमा
 

प्रकाशित: ११ पुस २०७३ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App