coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हराउँंदै भक्तपुरको भजन संस्कृति

भक्तपुर – कुनैसमय भक्तपुरका सार्वजनीक ठाउँमा साँझबिहान परम्परागत भजन बाचन गर्ने समूह भेटिन्थ्ये। हिजोआज भने यहाँ त्यसरी भजन बाचन गर्न समूह भेटाउने गाह्रो हुन्छ। कलासंस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी झाले हालै गरेको ‘भक्तपुरका परम्परागत भजनहरू अध्ययन प्रतिवेदन (खण्ड क) अनुसार कुनै समय यहाँ दुई सयभन्दा बढी ठाउँमा दैनिक साँझबिहान भजन गाइन्थ्यो। तर अहिले यहाँका विभिन्न ५० ठाउँमा मात्रै भजन प्रबचन हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।
भक्तपुरका २९ वटा भजन समूहसँग कुरा गरेर प्रतिवदेनमा तयार गरिएको थियो। नगरपालिकाका टौमढी, तचपाल, सूर्यमढी, चोछेव्यासी, बाराहिपीठ, लाक्वलाछे, तालाक्ब बोलाछे, सूर्यविनायक, राममन्दिर, महाकाली, कमलविनायकलगायतका ठाउँमा रहेका समूहसँग कुरा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यही अवस्था रहे अबको केही वर्षमा भक्तपुरको भजन संस्कृति हराउने अध्ययनकर्ता डा. केसी बताउँछिन्।

यहाँको पर्यटन विकासका लागि पनि परम्परागत भजन सांस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको जोड छ। ‘अहिले चलिहरेका भजन संस्कृतिहरू विभिन्न समस्याबाट गुज्रीएका छन्,’ उनले भनिन्, पर्यटन विकासका लागि भजन सांस्कृति संक्षण गर्न ध्यान दिनुपर्छ। त्यसका लागि ठाउँ ठाउँमा भजन संस्कृति प्रशिक्षण केन्द्रको स्थापना गर्नु आवश्यक छ।’

भजन संस्कृतिका प्रशिक्षककोसमेत अभाव रहेको प्रतिवेदनमा उल्लेख छ। अहिले दईचार जना मात्रै रहेकाले तिनीहरुलाई पारिश्रमीकको व्यवस्था गरेर नयाँ प्रशिक्षक तयार गर्नुपर्नेमा प्रतिवेदनमा उल्लेख गरिएको छ। पूर्खाले सिर्जे गरेको सम्पति भएकाले पनि यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा डा. केसीको जोड छ।

युवाहरूको यसप्रति आकर्षण घट्दा संरक्षणको अभाव भएको बताइएको छ। भजन संस्कृतिलाई संरक्षण गर्नका लागि युवाहरूलाई सक्रिय बनाउनु पर्ने जानकारहरू बताउँछन्। अहिले पनि साँझबिहान भक्तपुरका चोक, गल्ली, देवघरलगायतका सार्वजनीक ठाउँमा वृद्धावृद्धहरू जम्मा भएर भजन प्रवचन गर्ने गरिन्छ।
भक्तपुरका बाराहीपीठमा भजन गर्दै एक टोली।

प्रकाशित: ८ माघ २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App