ट्राफिक नियम मिच्नेलाई दश हजार जरिवाना

बुधबार, ०८ माघ २०७६, ०८ : १८ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्काे जरिवाना असुल्न सुरु गरेको छ। उपत्यकाका दुई सय स्थानमा दश हजार रुपैयाँ जरिवाना तिराउने लेखिएका बोर्ड टाँसिएपनि कारण भने खुलाइएको छैन। जसका कारण सवारी चालक नै ससंकीत भएका छन्। सवारी तथा यातायात ऐन २०४९ मा अर्कै नम्बर प्लेट राखी सवारी चलाउनेलाई ६ महीनासम्म कैद र पाँचदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ।

चालकलाई सचेत बनाउनेभन्दै महाशाखाले यही कानुनका आधारमा चर्काे जरिवाना शुल्क उठाउन थालेको हो। सवारी साधनको पार्टपूर्जा परिवर्तन (मोडिफाइड) गर्ने, स्टिकर टाँस्ने, तिव्रगतीमालगायतलाई पनि महाखाशाले यसै कानुनभित्र रहेर कारबाही सुरु गरेको हो। ऐनको परिच्छेद–१० मा सजाय सम्बन्धी व्यवस्थाअनुसार ट्राफिक संकेत उलंघन गर्ने, निषेध गरिएको ठाउँमा सवारी रोक्ने, साइडलाइट नबाल्ने, गलत साइड र एकतर्फी सडकमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनलेलगायत नियम उल्लंघन गरेमा पाँचसयदेखि एक हजार पाँच सयसम्म जरिवाना तिराउने व्यवस्था छ।

पहिलो पटक नियम उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँ, दोस्रो पटक उलंघन गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक उलंघन गर्नेलाई एक हजार पाँच सय रुपैयाँ जरिवाना गर्ने छ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले उपत्यकाभर ट्राफिक उल्लंघन गर्नेलाई जरिवानाको शिर्षक हेरेर कारबाही गरिने बताए। मोडिफाइड गरिएका सवारी गुडाउनेलाई प्रहरीले अनिवार्य १० हजार जरिवाना तिराउने उनले बताए।

जरिवानका साथै एक घण्टा सचेतना कक्षासमेत दिने बताइएको छ। चालकलाई सचेत र जरिवानाबाट बचाउनको लागि ठाउँठाउँमा जरिवाना लेखिएका बोर्ड राखिएको प्रहरीले जानकारी दिएको छ। ‘हाम्रो उद्देश्य दश हजार नै तिराउने होइन, चालकलाई जिम्मेवार र होसियार बनाउनु हो,’ उनले भने, ‘दुई महिनायता यो नियम कार्यान्वयन गराउन थालेका छौं अहिले व्यवस्थित हुँदै गएको छ। सबै चालक होसियार भएका छन् नियम उलंघन गर्ने केही कारबाहीमा पनि परेका छन्।’

नियम पूर्णरूपमा लागु भएको ठाउँमा बोर्ड राखेर जानकारी गराइएको प्रहरीले बताएको छ। चालकलाई लचिलो कारबाही तथा सामान्य जरिवाना गर्दा नियम उलंघनका घटनामा कमी नआएपछि सवारी तथा यातायात ऐन २०४९ लाई टेकेर अधिकतम् जरिवानाको सुरुवात गरिएको एसएसपी ढकालले बताए।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad