जता पनि अँध्यारो देख्छु

बुधबार, ०८ माघ २०७६, ०७ : ११ नागरिक

पूर्णिमाया तामाङ, स्व. अर्जुनबहादुर लामाकी पत्नी

मेरो श्रीमानलाई माओवादीले लगेको १५ वर्ष पुग्न ४ महिना बाँकी छ। उहाँलाई लगेपछि अहिलेसम्म न त लाश, न सास देख्न पाएँ। २०६२ साल वैशाख १६ गते दिउँसो स्कूलको कार्यक्रममा श्रीमान् जानुभएको थियो। माओवादीका भोला अर्याल, यादव पौडेल, श्याम गौतमले मेरो श्रीमानलाई स्कूलबाट लगेर बेपत्ता पारेका हुन्। उहाँलाई लगेको साँझतिर बेस्सरी हावा हुण्डरी चल्यो। उहाँलाई फर्काउँछु भनेर स्कूलमा भनेका थिए रे, तर फिर्ता पठाएनन्। म त्यस रात सुत्नै सकिनँ। भोलिपल्ट बिहानै रासशीखोलाको फलामे साँघुसम्म पुग्यौं। त्यहाँ मेरो श्रीमान् हुनुहुन्थेन। फलामे साँघुबाट उता लगेपछि कता लगे, पत्तो पाइएन।

मेरो श्रीमान् अग्नि सापकोटाको आदेशमा मारिएको हो। त्यो काममा सूर्यमान दोङ पनि सम्लग्न छन्। उनीहरू मन्त्री पनि भए। भोला अर्याल, यादव पौडेल, श्याम गौतमले मेरो श्रीमानलाई स्कुलबाट लगेर बेपत्ता पारेको हो। यी सबैलाई २०६४ साल असार २१ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा हाल्न खोज्दा प्रहरीले निवेदन लिएन। पछि सर्वोच्चसम्म गएर आदेश गराएर ल्याएँँ। २०६५ साउन २७ गते धुलिखेलको प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरिदियो। तर, प्रहरीले कहिल्यै पनि उनीहरूलाई समातेन। ठूलो मान्छे भइसकेकाले हामीले केही गर्न सक्दैनौं भनेर प्रहरीले धेरैचोटी फर्काए। मेरो श्रीमानले उनीहरूलाई केही गर्नुभएको थिएन। उहाँलाई त्यतिकै मारिएको रहेछ। यस्तो अपराध गर्नेलाई कारबाही त हुनै पर्छ।

भूइँचालोले घर भत्काएपछि गाउँ आउँदा टहरामै बस्दै आएको छु। गाउँमा काम पर्दा र चाडवाडमा आउँछु। तर, यहाँ आएपछि उहाँको सम्झना आउँछ र रुन मन लाग्छ। उहाँलाई अपहरण गरेर लगेको स्कूल अगाडि पुग्दा त आँसु रोक्नै सक्दिन। मेरो श्रीमानले सबैलाई सहयोग गर्नुभएकै थियो। केही अपराध पनि गर्नुभएको थिएन।

अदालतले फैसला गरे पनि सरकारले कारबाही गरिदिएन। अदालतको कुरा पनि मानेनन्। यही भएर हामीले त्यतिकै दुःख पाइरहेका छौं। पहिला त उहाँ एमाले पार्टीमा हुनुहुन्थ्यो। ठेकेदार भएकाले निक्ष शमशेरको घर बनाउने काम पाउनुभएको थियो। दुई वर्ष जति त्यहीँ घर बनाएर बस्नुभयो। त्यही भएर उहाँलाई राष्ट्रिय एकता परिषद्मा बसेको भनेर माओवादीले लगेका हुन्। काम गरेर खाँदासमेत नभएको दोष लगाएर मेरो श्रीमानलाई मारेको हो।

श्रीमानलाई लगेको धेरै समय उनीहरूसँगै काम गराएको छ भन्ने सुनेर उहाँलाई छुटाउनका लागि धेरैसँग मद्दत मागेँ। संघ संस्थाले पनि सुरुमा चासो दिएनन्। यदि त्यतिखेरै संघ–संस्थाले चासो दिएको भए मेरो श्रीमान मर्दैन थिए होला कि। वीच–वीचमा लगाउने लुगा, जुत्ता, खानेकुरा र पैसा पनि पठाइरहेँ। तर, उहाँको विदेशी घडी र डेढ तोला अल्लि नपुगेको औंठी माओवादीले लगाएर हिँडेको देखेपछि मेरो श्रीमान् पक्कै मारेका होलान् भन्ने शंका लाग्यो।

श्रीमान् फिर्ता नपठाएपछि सुरुमा आइसिआरसी, त्यसपछि मानव अधिकार आयोगमा गएँ। आयोगले लाश पत्ता लगाउनुपर्छ भनेर मैलै उहाँका लुगा दिएँ। २०६४ सालतिर होला। उनीहरूले पनि मलाई ढाँटे, हेलिकोप्टर लिएर जानुपर्छ, बारीमा मकै भएकोले सकिँदैन भने। त्यसपछि वर्षा सुरु भयो भने। तर आजसम्म मेरो श्रीमान् मारेर गाडेको बारी देखाउनसमेत कसैले लगेन।

त्यसपछि म बनेपाको मानव अधिकारवादी भोजराज तिमल्सिना सरकहाँ पुगेर मद्दत मागेँ। उहाँले मद्दत गर्नुभयो। पछि एड्भोकेसी फोरम, सुशील प्याकुरेल सर, कनक सरले पनि धेरै सहयोग गर्नुभयो। म एक्लीले को–को सँग लड्नु, उहाँहरूले धेरै सहयोग गर्नुभयो। अहिले छोराबुहारीको काठमाडौंको डेरामा बस्दै आएको छु। एउटा छोराले होटेल खोलेको छ, अर्को छोरा त्यतिकै बसेको छ। ३ वटी छोरीको बिहे भइसक्यो। एउटी छोरीको बिहे भएको छैन, अहिले ऊ पोर्चुगलमा काम गरिरहेको छे। यताततिर आयो कि उहाँको सम्झना आउँछ। चारैतिर अन्धकार देख्छु, त्यही भएर जरुरी परेको बेलामा मात्रै गाउँमा आइरहेको छु। समूह बैठक, बिहे, ब्रतबन्ध, घेवा हुँदा आउने गरेकी छु। नत्र छोराबुहारीकहाँ नै बस्दै आएकी छु।

एकपटक सर्वोच्च अदालतमा अग्नि सापकोटालाई भेटेकी थिएँ। मेरो श्रीमान् किन मारेको भनेर सोध्छु भनेको गार्डले कुरै गर्न नदिएर गाडीमा चढाए। यत्तिका वर्ष भयो, नेताहरू कोही पनि भेट्न आएका छैनन्। सरकारले पटकपटक गरेर १० लाख जति राहत दिएको छ।

पछिल्लोपटक अदालतमा हालेको मुद्दा पनि सारेको सार्यै छ रे। चार महिनाअघि अन्तिम हुन लाग्यो भनेका थिए। अझै सारेको छ भन्ने सुनेको छु। आइतबार घर आएको थिएँ। अग्नि सापकोटालाई सभामुख बनाउन लागेको गाउँलेले भनेपछि बल्ल थाहा पाएँ। त्यो रात पनि निद्रा लागेन। मलाई अन्याय गर्नेलाई किन यत्ति ठूलो मान्छे बनाउन लागेको होला भनेर मनमा कुरा खेलिरह्यो।

अपराध गर्ने मान्छेलाई नेता बनाउनु भएन। अपराध गर्ने मान्छेलाई सभामुख के–के बनाउनु भएन। एकपटक भए पनि कारबाही हुनैपर्छ, हाम्रो आँँखाले दख्ने गरी। सापकोटा ठूलो मान्छे बने भने हामी त यत्तिकै जिन्दगीभर दुःखमा बाँँच्नुपर्छ। एकपटक भए पनि कारबाही हुनैपर्छ।

१४ वर्ष ८ महिना त उनीहरूसँग लडेँ। जसरी भए पनि न्याय पाइएला भन्ने आशामा थिएँ। ठूलो मान्छे बनाएपछि हामी पीडितको समस्या ओझेल पार्ने काम भइहाल्यो। यसरी छुट दिन नहुने थियो, सरकारले किन यस्तो ग-यो होला।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad