काठमाडौं– पार्टी विभाजनको १४ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन्। माओवादी नेता एव सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारति पुस्तक ‘चाचा’ को लोकापर्ण कार्यक्रममा दाहाल र भट्टराई एउटै मञ्चमा उपस्थिति भएका हुन्।
सोमबार महेन्द्र पुलिस क्लबमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दाहाल र भट्टराईले संयुक्त रुपमा पुस्तक विमोचन गरे। पाण्डेको गत कात्तिक २९ गते ६२ वर्षको उमेर क्यान्सरबाट निधन भएको थियो। माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थपित भएका थिए।
भट्टराईले पार्टी परित्याग गरी नयाँ शक्ति गठन गरेपछि दाहालसँग औपचारिक रुपमा एउटै मञ्च प्रयोग गरेको यो पहिलो पटक हो। यद्यपी, दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि भट्टराईले पटक पटक दाहाललाई भेटी सकेका छन्।
प्रकाशित: ११ पुस २०७३ ०५:०३ सोमबार