वैदेशिक रोजगारीको अँध्यारो पाटो

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

आइतबार, १९ असार २०७३, १२ : ०७ नारायण भुर्तेल, युएई

युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई) मा मात्रै बितेका तीन वर्षमा १८४ नेपालीले ज्यान गुमाएका छन्।

ज्यान गुमाउनुपछिको पृष्ठभूिम डिप्रेसनपछि आत्महत्या, हृदयघात जस्ता कारणहरु देखिएका छन्।

नेपाली दूतावास युएईले हालै सावर्जनिक गरेको एक प्रतिवेदनअनुसार युएइमा २०७० देखि ७३ सम्म १८४ नेपालीले ज्यान गुमाएका थिए। ती मध्ये हृदयघात, आत्महत्या, सडक दुर्घटना, मादक पदार्थ सेवन लगायतका कारण रहेको प्रतिवेदनले औंल्याएको छ।

शुक्रबार नेपाली दुताबास युएईले पहिलो पटक आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अन्तर्किया कार्यक्रममा युएईमा कामगर्ने नेपालीहरुको अवस्थाबारेको यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो।

युएईका विभिन्न अस्पतालहरुको अनुसन्धानपछि उपचारको क्रममा कोमामा रहेका नेपालीहरुको बारेमा र ज्यान गुमाउने नेपालीहरुको तथ्यांकको राजदुतावासले सार्वजनिक गरेको हो।

स्थापनाको १२ वर्षपछि नेपाली दुतावासले युएईमा कार्यरत नेपालीहरुसँग पहिलो पटक अन्तर्किया कार्यक्रम गरेको हो।  १९७७ जनवरी २० मा नेपाल र युएईबीच दौत्य सम्बन्ध  स्थापना भएपछि २००४ अप्रिल ११ मा युएईमा नेपाली दुतावासको स्थापना भएको थियो। कार्यक्रममा नेपाली दुताबासका कार्यबहाक राजदुत नेत्र बाहादुर टण्डनले युएईको श्रम, कानुन र अधिकारसम्बन्धी जानकारी गराएका थिए।

वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम र परिपत्रबारे दुतावासका काउन्सेलर (श्रम) भेषबहादुर कार्कीले जानकारी गराएका थिए। राहादानी तथा ट्राभल डकुमेन्टसम्बन्धी जानकारी नेपाली राजदुतावासका द्वितीय सचिव विष्णु अधिकारीले दिइन्।

१०० नेपाली जेलमा
दूतावासले दिएको तथ्यांकअनुसार अहिले युएइको जेलमा विभिन्न अभियोग लागेका १०० नेपाली जेल जीवन बिताइरहेका छन्।

युएईमा कार्यरत नेपालीहरुले यहाँको कानुन पालना नगर्दा जेल जान बाध्य भएका हुन्। त्यसमध्ये हत्याका कारण ११, मादक पदार्थका कारण ३५, यौन दुर्व्यवहार कारण १८, धुम्रापानका कारण १, सेक्युरेटी डिसअर्डरका कारण ८, लागू दुर्व्यसनका कारण ६, मदिरा सेवन गरी ड्राईभिङका कारण ४, झैझगडाका कारण ४ नेपाली जेल परेको दूतावासको अध्ययनले देखाएको छ। यसैगरी समय भन्दा बढी बसेका  कारण  ९ र नक्कली कागजात अभियोगमा ४ नेपाली जेलमा छन्।

पछिल्लो समय एनआरएन युएईले दुताबासको सहयोगमा शिक्षामुलक कार्यक्रमहरु गर्दै आएको छ। यसलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्ने अन्तरक्रियाका सहभागीले माग गरे। २०५० देखि २०७३ सम्मको तथ्यांकमा नेपालबाट वैदेशिक रोजगारीमा आउने नेपालीहरुको कुल संख्या ४६,९५,७९५ छ। यसमध्ये हाल युएईमा ४,४५,८४१ जना नेपाली कार्यरत छन्। तथ्यांकका अनुसार युएईमा काम गर्ने पुरुषहरुको संख्या बढी छ। पुरुष ४,०८,५६४ ( ९१.६३%) छन भने महिला ३७,२७७ (८.३६%) छ।
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

Ncell Footer Ad