coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसिसी कुनै सैन्य परियोजना होईन : मन्त्री ढकाल

डडेल्धुरा अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री ढकाल ।

डडेल्धुरा- नेपाल सरकारका संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुने बताएका छन्।

बैतडी जाने क्रममा डडेल्धुरा पुगेका मन्त्री ढकालले मंगलबार सञ्चारकर्मीसँगको छाटो कुराकानीमा एमसिसी कुनै सैन्य प्रयोजना नभएकाले संसदबाट पास हुने बताए।

माघ १२ गते संसदले सभामुख पाएपछि सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोक बिना पास हुने उनको दाबी छ।

‘एमसिसी परियोजना कुनै सैन्य परियोजना हैन। उनले भने, हातहतियार, बारूद र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन। ‘एमसिसी विकास परियोजना हो। नेपालको लागि आवश्यक पनि छ।’ एमसिसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाई थियो।  

एमसिसीका बारेमा पार्टीभित्र विवाद रहनु समस्या भएको उनले बताए। पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भएको उनको तर्क थियो।

मन्त्री ढकाले गरे डडेल्धुरा अस्पतालको अनुगमन
मंगलबार बिहान मन्त्री भानुभक्त ढकालले संघिय सरकारमा मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालको निरीक्षण गरे। चिकित्सकको अभाव रहेको विशिष्ट विशेषज्ञ सेवासहितको डडेल्धुरा अस्पतालको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मन्त्री ढकालले चिकित्सकहरु दुर्गम आउन नमाने प्रवृतीले अभाव भएको बताए। लामो समयसम्म चिकित्सक, स्वास्थ्यकर्मी अभाव रहेका अस्पतालमा अब क्रमीक रुपमा पदपुर्ती हुँदै जाने उनको दाबी छ। डडेल्धुरा अस्पतालको जिम्मा संघले लिएको छ। उनले भने, केही अभावहरु कायम छन्। यो मन्त्रालय हामीले सम्हालेपछि व्यवस्थापन गर्दै जान्छौ। यी हिजोका अभाव अब हट्दै जाने छ।’

डाक्टरहरु केन्द्रले पठाउने अध्ययन विदामा बस्ने समस्या देशभरको रहेको उनले बताए। अध्ययन विदामा पनि अब कडाई गरिने उनको भनाई छ। उनले भने, हाम्रा डाक्टर सापहरुको अधिकांश समय पढाईमा जान्छ, छ महिना काम गर्ने फेरी पढ्न जाने फेरी अर्को चरण सेवा गयो फेरी पढ्न जाने रहेछ, अब स्वास्थ्य मन्त्रालयले अध्ययन विदालाई पनि कडाई गर्छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरु छिटै पुर्णता पाउने बताए। विगत लामो सयमसम्म डाक्टर अभाव झल्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरामा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा एक जना पनि पदपुर्ती नभएको अस्पतालले जनाएको छ।

अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। अस्पतालले ११औँ तहको मेडिकल सुपरिटेण्डेन्ट समेत पाएको छैन। तत्कालिन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृत्ती करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहेपनि ५ जना अध्ययन बिदामा रहेका छन्। ४ जना मात्र अस्पतालमा कार्यरत छन्।

स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरी  १४ जना चिकित्सक मध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन्। मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघिय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्।

नागरिक समाजको ज्ञापनपत्र
नागरिक समाज डडेल्धुराले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई अस्पतालमा तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाउन अनुरोधसहित ज्ञापन पत्र बुझाएका छन्।नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले समान्य उपचारका लागि यस क्षेत्रका नागरिकले तराईका जिल्ला कैलाली, कञ्चपुर तथा भारत धाउन बाध्य भएकाले विशेषज्ञ डाक्टरको माग गर्दै ज्ञापन पत्र बुझाएका छ।
 
 

 

प्रकाशित: ७ माघ २०७६ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App