coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी

म्यान अफ द म्याच लुम्बिनी खुकुरीका शंकर रानालाई रुपन्देही क्रिकेट संघका सदस्य राजु खड्काले पुरस्कृत गर्दै ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी खुकरी क्लबले बुद्ध स्पोटर्स क्लबलाई २२८ रनले हराएको छ। टस जितेर व्याटिङ रोजेको लुम्बिनी खुकुरी क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३४८ रनको  रन बनाएको थियो। ३४९ रनको लक्ष्य पाएको बुद्ध स्पोटर्स क्लबले लक्ष्य पुर्‍याउन नसकेपछि २२८ रनको भारी अन्तरले हार व्योहोर्नु पर्‍यो।

बुद्ध स्पोटर्स क्लबले ४२ दशमलव २ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाएको थियो। जितका लागि लुम्बिनी खुकुरीका शंकर रानाले सर्वाधिक १३२ बलमा १४८ रन बनाए। यस्तै प्रज्वल थापाले ७४ निश्चल चौधरीले ३२ र मन थापाले २४ रनको योगदान गरे। बलिङ तर्फ बुद्धका विपिन खत्रीले ३, रिजन प्राजुले २ र रुपेश कुर्मीले १ विकेट लिए।

जवाफमा खेल्दै बुद्धका अमित अग्रहरीले सर्वाधिक ३७ रन, समिर हुसेनले २२ र सुरज गुरुङले १८ रनको योगदान गरे पनि जित आफ्नो पक्षमा पार्न सकेनन्। बलिङ तर्फ लुम्बिनी खुकुरीका अजय लोनिया र अन्तिम थापाले २–२ विकेट, एवम् मन थापा, शहाब आलम र लाल अधिकारीले १–१ विकेट लिए।

मंगलबार भएको लिग चरणको खेलमा लुम्बिनी खुकुरीका शंकर राना म्यान अफ द म्याच भए। उनलार्ई रुपन्देही क्रिकेट संघका सदस्य राजु खड्काले नगद एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।
बुधबारको खेल देवदह क्रिकेट युनिट र जितगढी क्रिकेट क्लब बेलबासबीच बिहान ८ बजेर ३० मिनेट सिद्धार्थ रंगशालामा सुरु हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको रुपन्देही प्रिमियर लिगमा २० क्लब प्रतिस्पर्धी रहेका छन्। सोमबारबाट १२ क्लबबीच लिग चरणको खेल भइरहेको रुपन्देही क्रिकेट संघले जनाएको छ।

विके ज्वेलर्स भैरहवाको सहप्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ८० हजार नगद रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई १५ हजार रुपैयाँ, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउने छन्।

 

प्रकाशित: ७ माघ २०७६ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App