दीपक मनाङेद्वारा एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै मुक्का प्रहार

मङ्गलबार, ०७ माघ २०७६, १८ : ३२ सन्देश श्रेष्ठ

पोखरा- गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्।

पटक/पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए। मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए। आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो। आसन ग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो। त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भनेर प्रश्न गरे। जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए। मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आक्रोस पोखे। त्यो बिचमा दुई जनाबीच केहिबेर भनाभन भयो। करीब ५/७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा धकेले। मनाङेले हात हालेपछि मिलनले छल्न खोजे। त्यहिबेला फेरि मनाङेले लात्तिले खुट्टामा प्रहार गरे। सो प्रहार पनि सोंचेजस्तो नलागेपछि मनाङेले गालामा प्रहार गरे। उनको प्रहार गालाको तल्लो भागमा लाग्यो।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए। अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पिटेको उनको भनाई छ। 'हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भनिसकेका छौं',उनले भने,' तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले म माथि पोखेको हो।’ प्रतियोगितामा बिफोर डे र आफ्टर डे हुन्छ, 'उनले भने, 'त्योबाहेक हामीले टिमलाई ब्यबस्था गर्न सक्दैनौं, जबरजस्ती गर भनेरमात्र हुँदैन।’ आफूलेपनि मुक्का फर्काउन सक्ने भएपनि सांसद भनेर छाडेको उनले बताए।  मैलेपनि हान्न सक्थेँ,'उनले भने, 'तर सांसद भनेर हानिनँ, खेल बिथोलिन्छ कि भनेरपनि सहेर बसेँ।’ आफू पिटिएपनि प्रहरीमा जाहेरी भने नदिने उनले बताए।

सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले झुक्याउने काम गरेकाले झापड हानेको बताए। मैले धकेलेको मात्रै होइन झापड हानेको हुँ, 'उनले भने, 'त्यो मिलन भन्ने मान्छे कामै नलाग्ने रहेछ, त्यो त ठग पो रहेछ, त्यसलाई सबक सिकाउन झापड हानेको हुँ।’ कहिले प्रदेश प्रहरीको खेल मैदान त कहिले कोमागाने पार्कको झार भएको ठाउँमा अभ्यास गर भन्छ, 'उनले थपे, 'तर प्रहरीले अझै मैदान दिएको छैन, खेलाडीलाई बस्ने र खाने ब्यबस्थापनि गरेन।’ एन्फा कास्कीका महासचिव रमेश केसीले माघ १ गते नै आउनु भनेर बोलाएको तर अध्यक्षका कारण खाने, बस्ने ब्यबस्था र अभ्यास मैदान नमिलाईदिएको उनको भनाई छ।

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad