४ वैशाख २०८१ मंगलबार
अर्थ

‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि वैकल्पिक उर्जासँग समझदारी

सुर्खेत- प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग संझौता गरेको छ। मंगलबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ५० करोड ९ लाख रुपैयाँ छुट्याएको छ। कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने उल्लेख छ।

पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ। ति आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमवाट वजेट व्यवस्था गर्ने समझदारी–पत्रमा उल्लेख छ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहीले यसअघि राज्यको करोडौं वजेट लगानी भएका तथा केही आर्थिक तथा प्राविधिक सहयोगको अभावमा निर्माण हुन नसकेका आयोजनामा लगानी गर्दा राज्यले गरेको लगानी खेर नजाने र जनताले पनि छिटो उज्यालो पाउने भएकोले प्रदेश सरकारले त्यस्ता आयोजनामा लगानी गर्न लागेको बताए।

 

प्रकाशित: ७ माघ २०७६ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App