७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकभित्र चालक मृत भेटिए

धादिङ- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बान्छेटारमा ट्रकभित्र एक सवारी चालक मृत अवस्थामा भेटिएका छन्। काठमाडौबाट रुपन्देही जादै गरेको ना ६ ख ७००३ नम्बरको मालवाहक ट्रकका चालक सालझण्डी-६ का ३० वर्षिय सुर्य प्रसाद डङ्गोरीया थारु मृत भेटिएका हुन्।

मृतक थारुको शव, गजुरी सामुदायिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

पाण्डेका अनुसार मृतक थारुले गत राति नजिकैको पसलमा मदिरा सेवन गरेका थिए। आइतबार बेलुकी आफ्नै ट्रकमा सुतेका थारु सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन्। ट्रकका सह-चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीकामा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको पाण्डेले बताए।

प्रकाशित: ७ माघ २०७६ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App