coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिने

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ। काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ।’

उपसभामुखबारे भने विज्ञप्तिमा केही उल्लेख छैन। प्रतिनिधिसभा सभामुख पदको लागि निर्वाचन माघ १२ गते ३ बजे हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

प्रकाशित: ७ माघ २०७६ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App