coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महोत्सवमा फजुल खर्च गर्दै गाउँपालिका

दैलेख – डुंगेश्वर गाउँपालिकाले आफ्नै आयोजना र खर्चमा डुंगेश्वर सास्कृतिक महोत्सव गर्न थालेको छ। जनताका आवश्यकता र विकासमा केन्द्रित भएर काम गर्ने समयमा मेला, महोत्सव गरेर फजुल खर्च गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।

राष्ट्रिय कलाकार, स्थानीय कलाकारहरुलाई पारिश्रमिक दिने गरि गाउँपालिकाले ५ लाख रुपैँया विनियोजन गरेर महोत्सव गर्न थालेको हो। गाउँपालिकाले महोत्सव संञ्चालन गर्न ३ सदस्य समिति बनाएको छ। समितिमा सबै गाउँपालिकाका वडाअध्यक्षहरु रहेका छन्। डुंगेश्वर बजारमा माघको १५ देखी १७ गतेसम्म महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ। महोत्सवको संयोजक वडा नम्वर ६ का अध्यक्ष बमबहादुर विसीलाई तोकिएको छ। आफुले आर्थिक समिति बनाएकाले खर्च समितिबाटै हुने संयोजक विसीले बताए। आफु गाउँपालिका बाहिर गएको बेला समितिका संयोजकले आफु अनुकुल महोत्सव चलाउन खोजेको आरोप वडा नम्वर २ का अध्यक्ष तथा महोत्सव सञ्चालक समितिका सदस्य राजु केसीले लगाए। गाउँपालिकाको खर्च बढाउने गरि महोत्सव गर्न थालिएको केसीको आरोप छ।

गाउँपालिकामा महोत्सव गरेर अनावश्यक खर्च गर्न थालेको भन्दै विरोध समेत भएको छ। कला संस्कृतीभन्दा पनि महंगा कलाकार ल्याएर गाउँपालिकाको पैसा खर्च गर्न लागेको भन्दै स्थानीय अगुवा हरि डाँगीले आपत्ति जनाए। महोत्सवमा बाहिरका कलाकारलाई पैसा बाँडेर स्थानीय कलासंस्कृती जर्गेना नहुँने उनको भनाई छ। गाउँपालिकाकै आयोजनामा महोत्सव चलाउन मिल्ने भएकाले आयोजना गर्न थालिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले प्रतिक्रिया दिएका छन्।

आफु वडाअध्यक्ष भएको बेला डुंगेश्वरमा लोप हुन लागेको मेला १६ गते हुने भएकाले गत वर्ष देउडा उत्सव गराएको र अहिले महोत्सव नै गर्न लागेको महोत्सव संयोजक वडाअध्यक्ष बमबहादुर विसीले बताए। ‘महोत्सव गर्दा कलाकार चाहियो त्यसैले खर्च हुन्छ।’ संयोजक विसीले भने, मेलालाई महोत्सव गराएरका हौं।’

 

प्रकाशित: ७ माघ २०७६ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App