coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आज आइसिपी उद्घाटन

विराटनगर - विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को मंगलबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीर उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपी उद्घाटन गर्नेछन्।

दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नै स्थानबाट उद्घाटन गर्ने आइसिपी सञ्चालनको जिम्मा पाएको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्णा मिश्राले जानकारी दिए। उनका अनुसार विराटनगरस्थित आइसिपी कार्यालयमा उद्घाटन कार्यक्रम आयोजना गरिने छ। ‘दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेको भिडियोबाट प्रत्यक्ष प्रसारण गरिनेछ,’ उनले भने। उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ जानेर भारतबाट पनि सामान बोकेको ट्रक नेपाल भित्रने मिश्राले जानकारी दिए।

हाल मालबाहक सवारी मात्रै आवत–जावत गर्ने भए पनि चा“डै यात्रुसमेत एकीकृत जाँच चौकीबाटै आवत–जावत गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए। यस्तै,रेलबाट समेत सामान आयात–निर्यात गर्न आवश्यक पूर्वाधारको विकास पनि गर्ने तयारी भइरहेको उनले बताए।

एकीकृत जाँच चौकी सञ्ञ्चालनमा आएसँग अहिले नाकामा भोग्नुपरेका व्यापारिक अवरोध हट्ने अपेक्ष गरिएको छ।

दुई महिना पहिले नै आइसिपीको निर्माण सम्पन्न भए पनि उद्घाटन मोडलको विषयमा टुंगो नलाग्दा सञ्चालनमा आउन ढिलो भइरहेको थियो। आइपिसी सञ्चालनमा आएपछि पूर्वको व्यापार सहजीकरणमा सहयोग पुग्ने यहा“का उद्योगी, व्यवसायीले बताउ“दै आएका छन्। विराटनगरलगायत पूर्वी क्षेत्रको व्यापारमा आइसिपीले महŒवपूर्ण भूमिका निर्वाह गर्ने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए। मुण्दडाका अनुसार आइसिपी सञ्चालनका आए पूर्वको व्यापार सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

नेपालर भारत दुवै देशको एउटै स्थानमा भन्सार सञ्चालनमा आउने भएकाले व्यवसायीले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन। यस्तै, जोगवनीको सा“घुरो सडकका कारण हुने सवारी जामबाट पनि मुक्ति मिल्ने मुण्दडाले बताए। उनले भने, ‘जोगवनीको जामले दिएको वर्षौंदेखिको हैरानीसमेत अन्त्य हुनेछ।’ एकीकृत जा“च चौकी सञ्चालनमा आएपछि बारम्बार लिंक फेल हुने समस्याबाट पनि मुक्ति मिल्ने व्यवसायीको अपेक्षा छ। ‘जहिल्यै सर्वर डाउन भएर भन्सारमा आइरहने समस्यार अव्यवस्थित भन्सारका कारण हुने गरेको अनावश्यक खर्च पनि कटौती हुने विश्वास हामीले लिएका छौं,’ मुण्दडाले भने।

आइसिपीले नेपालबाट भारत निर्यात हुने वस्तुहरू निर्यातमा समेत सहज हुनेछ। दुवै देशको साझा ल्याब पनि हुने भएकाले नेपालबाट कृषि तथा पशुजन्य वस्तु निर्यात गर्नसमेत सजिलो हुनेछ। यसअघि कृषि उपज निर्यात गर्न ल्याब टेस्टका लागि भारतको कोलकाता पु¥याउनुपर्ने बाध्यता थियो।

नेपाली प्रयोगशालाकोरिपोर्टलाई भारतीय पक्षले मान्यता नदिँदा यहा“का व्यवसायीले निर्यातमा झन्झट बेहोर्नुपरेको छ। यतिमात्रै होइन, नेपालतर्फ आयात हुने कृषि उपजहरू समेत आधुनिक प्रयोगशालाको अभावमा आ“खाले हेरैकै भरमा क्वारेन्टाइन जाँच हुने गरेको छ। आइसिसी सञ्चालनमा आएपछि भन्सार विन्दुमै विषादी लगायत परीक्षण पनि अत्याधुनिक प्रयोगशालाबाट हुनेछ। आइसिपी प्रयोगशालाकोरिपोर्टलाई दुवै देशले मान्यता दिने भएकाले व्यापार सहजीकरण हुने विश्वास उद्योगी व्यवसायीको छ।

विराटनगर भन्सार आइसिपी निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फाकनले दुई दिन पहिले नै एकीकृत जा“च चौकी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत आइसिपी सञ्चालनको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलेपमेन्ट बोर्डलाई हस्तान्तरण गरिसकेको जनाएको छ। इन्फाकनका फाइनान्स म्यानेजर नारायणकुमार श्रेष्ठले दुई दिनपहिले नै आइसिपी नेपाललाई हस्तान्तरण गरिसकेको जानकारी दिए। उनका अनुसार भन्सार जा“च चौकी एक अर्ब १४ करोड रूपैया“मा निर्माण सम्पन्न भएको हो।

भारततर्फको जा“च चौकी भने दुई वर्ष पहिले नै निर्माण सम्पन्न भइसकेको थियो। नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरू भएको थियो। एक सय २९ बिघा क्षेत्रफलमा बनेको जा“च चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ,रेस्टुरेन्ट, बैंकर अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ। इलेक्ट्रिक सब–स्टेसन, वे ब्रिजलगायत सुविधा आइसिपीमा उपलब्ध छ। भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भारतर तेस्रो मुलुकको आयात–निर्यात सहज, सरलर व्यवस्थित हुने पूर्वका आयात–निर्यातकर्ताको अपेक्षा छ।

प्रकाशित: ७ माघ २०७६ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App