coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भन्सार छलेर ल्याइएको कम्बल नियन्त्रणमा

बारा – भारतीय ट्रकमा लोड गरी नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा कम्बल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट मटिअर्वा छोटी भन्सार हुँदै ल्याइएका आठ सय १० कम्बल शनिबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले जानकारी दिए।

भारतको हरियाणा राज्यको पानीपतबाट काठमाडौंको क्रिएटिभ एडुटेन्मेन्ट वल्र्ड प्रालिले खरिद गरेको उक्त कम्बल सीमावर्ती नाकासम्म आफूले ढुवानी गरेको गाडी चालक सुनिल कुमारबाट अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक जोशीले बताए।

आयातकर्ताले भन्सार छली गरेर नेपाल भित्र्याउने उद्देश्यले ल्याइएका उक्त कम्बल भारतीय सीमावर्ती बजार आदापुरमा ल्याएर नेपाल भित्र्याउँदै गर्दा कम्बलसहितको गाडी नियन्त्रणमा लिन सफल भएको जोशीले बताए। नेपाल–भारत खुला सिमानाका कारण भन्सार छली गरी मालसामान ठूलो मात्रामा भित्र्याउने गरिएको छ। भन्सार छली गरेको आरोपमा पक्राउ परेको कम्बलसहितको भारतीय ट्रक र चालकलाई कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक जोशीले बताए।

प्रकाशित: ७ माघ २०७६ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App