७ वैशाख २०८१ शुक्रबार
खेल

आइटिएफमा ४२ पदकको छिनोफानो

झापा- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा आइतबार ४२ पदकको टंुगो लागेको छ। पुरुष ४५–५० केजी तौलमा नेपाली सेनाका पूर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत, पूर्वाञ्चलका प्रभाव कार्की र मध्यमाञ्चलका सुनिल महतोले कांस्य पदक जिते।

५१–५५ केजीमा एपिएफका योगेन्› धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल पौडेलले रजत, मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाञ्चलका हिमाल लामाले कांस्य पदक हात पारे।

५६–६० केजीमा पश्चिमाञ्चलका दिनेश बुढा, मध्यपश्चिमाञ्चलका शंकर यादव तथा सेनाका सचिन्› तामाङ र पूर्वाञ्चलका वसन्त बुढाथोकीले क्रमशः स्वर्ण, रजत र कांस्य जिते।

महिला प्याटनमा आर्मीकी उसेना श्रेष्ठले स्वर्ण जितिन्। उनले मध्यमाञ्चलकी जिजीविषा थापामगरलाई हराएकी हुन्। रातो पेटीमा पनि आर्मीकै कल्पना राईले एपिएफकी सञ्चिता लामालाई हराउँदै स्वर्ण जितिन्।

कालोपेटी पहिलो डनमा मध्यमाञ्चलकी रन्जु पुलामी पहिलो र पश्चिमाञ्चलकी आयुसा कार्की दोस्रो भइन्।

दोस्रो डनमा सेनाकै आश्मा श्रेष्ठले स्वर्ण जितिन्। मध्यमाञ्चलकी पूजा खुलालमगर भने रजतमा सीमित भइन्। सेनाकै तुलसा राजथलाले तेस्रो डनमा स्वर्ण जित्दा पश्चिमाञ्चलकी शर्मीला महत दोस्रो हुन पुगिन्।

प्याटन पुरुष निलो पेटीमा पूर्वाञ्चलका वीरबहादुर तामाङ पहिलो र मध्यमाञ्चलका अनिल तामाङ दोस्रो भए।

रातोपेटीमा एपिएफका श्यामकृष्ण श्रेष्ठ पहिलो र पूर्वाञ्चलका रवजोर वाईवा दोस्रो भए। कालोपेटी पहिलो डनमा सेनाका भीमबहादुर तामाङ र पश्चिमाञ्चलका विमल राना, दोस्रो डनमा सेनाका पूर्णबहादुर मगर र पश्चिमाञ्चलका श्यामबहादुर गाहामगर, तेस्रो डनमा पूर्वाञ्चलका युवराज गुरुङ र मध्यमाञ्चलका अनक सुब्बा क्रमशः पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भए।

प्रकाशित: ११ पुस २०७३ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App