coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेढ किलो चरेशसहित वडा सदस्य पक्राउ

पक्राउ परेका २ जना अभियुक्त पत्रकार सम्मेलनमा सार्वजनिक। तस्बिरः कृष्ण/नागरिक

बाजुरा - प्रहरीले मार्तडीबाट अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।। आइतबार राति मार्तडी बजारबाट बडिमालिका नगरपालिका ३ का वडा सदस्य र एक जना व्यापारीलाई डेढ किलो चरेशसहित पक्राउ गरेको हो ।

गस्तीमा रहेको प्रहरी टोलीले राति साढे ८ बजेतिर उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए।  उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३ का वडा सदस्य श्याम बहादुर खड्का र गौमुल गाउँपालिका १ स्थायी घर भएका देवबहादुर रोकाया रहेका छन् ।

४० वर्षका खड्का नेकपाबाट चुनाव जितेर वडा सदस्य बनेका हुन् । यस्तै ३० वर्षका रोकाया मार्तडीमा होटल व्यवसाय गर्दै आएका छन् । पक्राउ परेका दुबै जनाविरुद्ध लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टाराईले बताए।  

 

प्रकाशित: ६ माघ २०७६ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App