८ वैशाख २०८१ शनिबार
समाज

रेड पाण्डाको छालासहित ३ जना पक्राउ

ललितपुर - ललितपुर महानगरपालिका १७ ग्वार्कोबाट रेड पाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका-५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका-४ बस्ने २० वर्षीय तिलक बस्नेत र नलगाड नगरपालिका-५ बस्ने २३ वर्षीय राजेन्द्र चुनारा रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बीएस क्याफेबाट आइतबार साँझ उनीहरुलाई उक्त छालासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ६ माघ २०७६ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App