विप्लवका ११ नेता अदालतबाटै पुनः पक्राउ

सोमबार, ०६ माघ २०७६, १७ : ५३ देवेन्द्र बस्नेत

दाङ  - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।

तर रिहा भए लगत्तै आँफूहरुलाई पुनः प्रहरीले नियन्त्रणमा लिने भन्दै उनिहरु कारागार चलान भएका थिए। भलै उनिहरुले धरौटी रकम तिर्न नसकेका कारण कारागार चलान हुने निर्णयमा पुगेको बताएका थिए। त्यसता धरौटी बुझाएर रिहा हुन खोजेका ११ जनालार्इ प्रहरीले पुन ः रिहा भए लगत्तै नियन्त्रणमा लिएको छ। अन्य १० जना अहिले पनि कारागारमै छन्।

सोमवार धरौटी बुझाएर रिहा हुन थालेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनिहरु रिहाहुने भएपछि अदालत परिसरमा प्रहरी संख्या बाक्लो पारिएको थियो। सोमवार रिहा हुन थालेका रामवहादुर थापा, यमलाल कटुवाल, ईन्द्रवहादुर ओली, हितप्रसाद रोका मगर र अमितघर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रिहा भएलगत्तै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन खोज्दा अदालतको गेटमा केहिबेर धरपकड समेत भएको थियो। अन्य तीन जना भने रिहाहुने सम्भावना नदेखेपछि आँफै प्रहरीको गाडीमा बसेका थिए।

गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट विप्लवका दाजु चन्द्रवहादुर चन्दसहित २१ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनिहरुविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्धा चलाइएको थियो। चन्दसहित १० जना अहिले पनि कारागारमै छन्।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad