coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस नेता भन्छन् : सरकार नाता र दातामा लाग्यो

गोरखा- नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरी खतिवडाले वर्तमान सरकार नाता र दातामा लागेको बताएका छन्। सोमबार प्रेस युनियन गोरखा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘बालुवाटार बाट सिंहदरबार जान नसक्ने प्रधानमन्त्री छन्, उहाँको वरपर बस्नेहरुले देश चलाएका छन्, सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको छ।’

संविधानले नचिनेका ब्यक्तीहरुले देशमा शासन गरिरहेको उनले बताए। सरकार सँग जनताले गरेको ठूलो अपेक्षा पुरा हुन नसकेको बताउँदै नेता खतिवडाले भने ‘यतीलाई जग्गा दिने, निर्मला पन्तको हत्यारा पत्ता नलगाउने, ३३ किलो सुन फेला नपार्ने, सीमा मिचिँदा सरकार मौन बसेको, जस्ता मुद्धले सरकारको काम छर्लङ भएको छ।’ कम्यूनिष्ट सरकारको त्रासका कारण नेपालमा बिदेशीले लगानी गर्न डराईरहेको उनले बताए। कम्युनिस्ट र अर्को फरक बिचार भएका मानिसलाई प्रतिशोध साँधेर सरकारले ब्यवाहार गरेको बताउँदै उनले जो कोही भएपनि कानुन बरावर लाग्नुपर्ने बताए। नेपाल कम्युनिस्ट पार्टी भित्र दुईवटा पाईलटले आफ्नो मान्छे भर्ति गर्न खोज्दा सभामुख चयन गर्न चार महिना लागेको उनले आरोप लगाए। संसदको अधिकार हनन गरेर लामो समय सभामुख रिक्त राख्नु नाता कि दातालाई बनाउने भन्ने विषय नै रहेको दावी उनको थियो। नेकपाको बिभाजन पाँच वर्ष भित्रै हुने ठोकुवा गर्दै उनले भने ‘यो सरकार ५ वर्ष जाने छाँट छैन, बिचमै मद्यावधी चुनाव हुनेछ।’

 

प्रकाशित: ६ माघ २०७६ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App