६८ वर्षीया बृद्धालाई बलात्कार

आइतबार, १९ असार २०७३, १२ : ०२ नागरिक

बिरा गडाल
बैतडी–बैतडीकी एक बृद्धा बलात्कारमा परेकी छन्। जिल्लाको दक्षिणी तल्लोस्वराडकी ६८ वर्षीया एकल महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ।
आङ खसेकी बृद्धा महिलामाथि असार ९ गते राति १२ बजे शर्माली–४ का ४१ वर्षीय जयमलसिंह चाडले बलात्कार गरेको आरोप लागेको छ ।
गाउँबाट टाढा एक्लै बस्ने गरेकी बृद्धामाथि बलात्कार भएको दुई दिनसम्म बेहोस अवस्थामा रहेको आफन्तको भनाइ छ।

बृद्ध महिलाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको छ। बलात्कारी युवकलाई प्रहरीले असार १६ गते प्रक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शुक्रबार म्याद थप गरेर अनुसनधान प्रक्रिया बढाएको बैतडीका प्रहरी प्रमुख प्रहरी नयाव उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानपछि बलात्कारमा संलग्न युवकमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइसकेको  छ। घटना एक हप्ता अगाडि भएको र पीडित महिला एक्लै बस्ने गरेकाले घटना ढिलो थाहा पाएको प्रहरीले बताएको छ।
पक्राउ परेका आरोपीकोे घरमा श्रीमती र छोरीसमेत रहेका छन। यस अघि पनिथुप्रै घटनामा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad