८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाका राष्ट्रिय सभा सदस्यलाई एमसीसीबारे परराष्ट्रमन्त्रीको ब्रिफिङ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन्। राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको बताए।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'राष्ट्रिय सभाको यो दलको बैठक हो। यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पस्ट हुन चाहेका थियौं उहाँले स्पस्ट पार्नुभयो। हामीले केही लागेका जिज्ञासाहरु सोध्यौं र उहाँले त्यसमा पनि स्पस्ट पार्ने काम गर्नुभएको छ र अब हामी यो विषयमा कम्तिमा पनि हाम्रो दलभित्र एउटै मत बनोस भन्ने हिसाबले प्रस्तुत भएका छौं।’

सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादीत बनेको छ। खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ। पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदीय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो।

प्रकाशित: ६ माघ २०७६ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App