खेतको आलीमा भेटियो चन्दननाथको मुख्य मूर्ति

सोमबार, ०६ माघ २०७६, १३ : २५ धनबहादुर बुढा

जुम्ला - तीन वर्षअघि कर्णालीको प्रशिद्ध मन्दिर चन्दननाथबाट हराएको मुख्य मूर्ति खेतको आलीमा भेटिएको छ। चन्दननाथ नगरपालिका १ दानसाँघुस्थित एक खेतमा मूर्ति भेटिएको हो। २०७३ मंसिर १२ गते राति चन्दननाथ मन्दिरका मुख्यमूर्तिसहित २८ वटा मूर्ति हराएक थिए। हराएका मध्ये मूतिमुर्ति दतात्रयसहित ७ वटा मूति अझै भेटिएका थिएनन्। यो मूर्ति १८ किलो चाँदीले निर्माण भएको थियो।

बिहान साडे नौ बजे चन्दननाथ नगरपालिका १ तलिचौरका उमेश देवकोटा, लोकेन्द्र हामाल र लोकदर्शन देवकोटा जौको खेतमा पानी हाल्न जाँदा मुर्ति भेटेका थिए।  उनीहरुले ठुलो मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरेको बताए। चन्दननाथको मूर्ति हुनसक्ने भन्दै प्रहरी लगायत सरोकारवालालाई खबर ग-यौँ,उनले भने,‘ यो चन्दननाथ मन्दिरको मुख्यमुर्ति रहेछ। बाजागाजा सहित मन्दिरमा ल्याउने तयारी भइरहेको छ। ’

चोरी भएको तीन वर्षसम्म पनि नभेटिएको मुल मुर्ति सोमवार दानसाँघुमा भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी लाल बहादुर धामीले बताए। एकै पटक २८ मूति चोरी भएपनि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानको जिम्मेवारी लिएको थियो। मूति पत्ता लगाउनको लागि अनुसन्धानमा कुकुर देखि धार्मिक कार्य समेत गरिएको थियो।

  तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूति अनुसन्धान गरेको थियो। मुर्ति चोरीको भएको बारेमा केन्द्रीय अनुसन्धानले तयार पारेको प्रतिबेदन सार्बजनिक हुन सकेको छैन्।  लामो समयको अनुसन्धानबाट नभेटिएको मूर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

मन्दिरबाट मूर्ति चोरीभएपछि जुम्लावासी निकै निराश थिए। तर एकाएक मूर्ति खेतको आलीमा भेटिएपछि निकै खुसी भएका छन्। बाँकी ६ वटा मूतिको पनि अनुसन्धान गरेर पत्ता लगाउन स्थानीयले माग गरेका छन्।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad