coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसीसी ठूलो अनुदान हो, यसलाई अनावश्यक बहस गरेर खेर जान दिनु हुँदैन: डा. महत

पोखरा - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एमसीसीमा अनावश्यक बहस गर्न जरुरी नभएको बताएका छन। प्रेस युनियन पोखराले सोमबार गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यत्रो ठूलो अनुदानलाई अनावश्यक बहस गरेर खेर जान दिन नहुनेमा जोड दिए। तत्काल एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्नेमा उनको जोड थियो।

देशको अखण्डतामाथि प्रश्न उठ्दा सरकार चुइक्क नबोलेको पनि डाक्टर महतले आरोप लगाए। सहमहामन्त्री महतले सरकारले प्रेस स्वतन्त्रता र नागरिक अभिव्यक्ति रोक्न लागेको भन्दै त्यसको बिरोध गर्न पोख्रेली पत्रकारलाई आग्रह गरे। सरकारले बाह्य देशको सहयोग लिदा देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौता गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनमा भाग लिने तर स्ववियु निर्वाचनको निर्णय गर्दा नेपाल विद्यार्थी संघलाई पनि त्रिभुवन विश्वविद्धालयले छलफलमा बोलाएर परामर्श गर्नुपर्ने महतले तर्क गरे। उनले अधिवेशन नभएका भातृसंगठनको अधिवेशन सुनिश्चितताका लागि समय सकिएका भातृसंगठनहरुको म्याद छ महिना थपिएको सहमहामन्त्री महतले बताए।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार संस्थागत भ्रष्टाचारमा लागेको भन्दै गोकर्ण रिसोर्ट  त्यसको एउटा उदाहरण भएको दाबी गरे। कांग्रेसमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै यसले कांग्रेसलाई फाइदा नगर्ने महतले स्पष्ट पारे।

प्रकाशित: ६ माघ २०७६ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App