प्रसंगवश

प्रचण्डलाई सवा लाख वर्ष कैद !

सोमबार, ०६ माघ २०७६, १० : ०० नागरिक

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था छ। ऐनमा भएको व्यवस्थाअनुसारक्रूर यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विस्फोट गराइ ज्यान लिएमा, कसैलाई अपहरण गरी ज्यान लिएमा, पेय पदार्थमा विष हाली कसैको ज्यान लिएमा, जबर्जस्ती करणी गरी ज्यान लिएमा, कुनै जाति वा सम्प्रदायको अस्तित्व नै लोप पार्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेमा जन्म कैद हुने व्यवस्था छ।

यस्तो कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था पनि छ। यी कसुरबाहेक जन्म कैदको गणना गर्दा भने २५ वर्ष कैद सजाय हुनेगरी गणना गर्नुपर्ने पनि सोही ऐनमा उल्लेख छ।

भर्खरै तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहालले माओवादी ‘जनयुद्ध’का क्रममा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका छन्। उनीजस्तो चलाख र शक्तिशाली नेतालाई आजीवन थुन्ने निर्णय त कसले गर्न सक्ला र ?जन्म कैदलाई २५ वर्षको दरले हिसाव गर्ने हो भने उनी कति वर्ष कारागार बस्नुपर्ला भन्ने कौतुहलचाहिँ सबैलाई लाग्न सक्छ। त्यसैले ५ हजार गुणा २५ वर्ष गर्दा १ लाख २५ हजार वर्ष हुने रहेछ।

प्रहरी हिरासत र अदालतमा पुगेरसमेत अभियुक्तले आफ्नो अपराध स्वीकार नगर्ने देशमा तत्कालीन माओवादी अध्यक्षले आफैँ ५ हजार जना मारिएको जिम्मेवारी लिने आँट गर्नु आफैँमा ठूलो साहसपूर्ण काम हो। जसको प्रशंसा जति गरे पनि पुग्दैन। के अब उनलाई कानुनले व्यवस्था गरेअनुसारको सजाय होला त अब ? चोक/चोकमा छलफल भइरहेको सुनिन्छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad