coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानमा आन्दोलनका क्रममा चार सय घाइते

बेरुत (एजेन्सी)– लेबनान चलिरहेको सरकार विरोधी आन्दोलनका क्रममा शनिबार करिब चार सय जना घाइते भएका छन्।

राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीसँग भएको झडपका क्रममा उक्त संख्यामा घाइते भएका हुन्। उद्धारकर्ताहरूले सरकार विरोध आन्दोलन सुरु भएपछि यति ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएको पहिलो पटक भएको बताएका छन्।    

रेडक्रस र नागरिक रक्षाका अधिकारीहरूले आन्दोलनका क्रममा ३ सय ७७ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार गरिएको जनाएका छन्। आन्दोलन दबाउन प्रहरीले आन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा तथा अश्रुग्याँस प्रहार र  लाठीचार्ज गरेको थियो।

सुरक्षाकर्मीको हस्तक्षेपपछि आन्दोलनकारीले पनि सुरक्षाकर्मीविरुद्ध प्रहार गरेका थिए। दुवै पक्षका बीचमा झडप हुँदा उनीहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइते हुनेमा अधिकांश आन्दोलनकारी रहेका छन् भने केही सुरक्षाकर्मी पनि रहेका छन्। सरकार विरोधी प्रदर्शनकारीले वर्तमान सरकार हट्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, सार्वजनिक सेवा प्रभावकारी गराउनुपर्ने लगायतका माग गर्दै लेबनानमा आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: ६ माघ २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App