८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकर्ता (एजेन्सी) – इन्डोनेसियामा शनिबार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा शनिबार बेलुका ६.१ भूकम्प गएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

शक्तिशाली भूकम्प गए पनि आँधीको सम्भावना भने नरहेको जलवायु तथा मौसम विभागका अधिकारीले बताएका छन्। शनिबार स्थानीय समय अनुसार राति ११.३८ मा जयपुरा जिल्लाबाट उत्तरपश्चिमी क्षेत्रमा पर्ने ३९ किलोमिटर टाढा केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

विभागका प्रमुख अब्दुल रोसिदले पृथ्वीदेखि ५६ किलोमिटर गहिराईबाट भूकम्प गएकाले त्यसबाट खासै ठूलो क्षति नपुगेको जनाएका छन्। इन्डोनेसिया भूकम्पीय जोखिमका हिसाबले अग्रस्थानमा पर्ने गरेको छ। इन्डोनेसियामा पटक–पटक भूकम्प गइरहने भएकाले त्यहाँ ठूलो जनधनको पनि क्षति हुने गरेको छ।

प्रकाशित: ६ माघ २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App