८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस संखुवासभा सभापति गोलाप्रथाद्वारा

काठमाडौं–१३ औं महाधिवेशन सम्पन्न भएको नौ महिनापछि संखुवासभा कांग्रेसको नेतृत्व टुंगो लागेको छ। गत माघमा भएको जिल्ला अधिवेशनमा सभापतिका दुवै प्रत्यासीको मन बराबर भएपछि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गोलाप्रथाद्वारा नेतृत्वको टुंगो लगाइएको हो।

जसअनुसार दिपनकुमार श्रेष्ठ सभापतिमा चयन भएका छन्। गोलाप्रथामा श्रेष्ठ आफू र प्रतिनिधिसमेत पठाएका थिएनन्। उनकातर्फबाट पार्टीका जगन्नाथ श्रेष्ठले तानेको गोलामा उनी चयन भएका हुन्। मंसिर २२ गतेको निर्वाचन समितिले दुवै प्रत्यासीको मत बराबर भएपछि गोलाप्रथाद्वारा चयन गर्ने निर्णय गरेको थियो। कांग्रेस निर्वाचन निर्देशिका २०७२ को २ (झ) को व्यवस्था अनुसार समितिले यो निर्णय गरेको हो।

कांग्रेसको आन्तरिक विवादका कारण अझै पाँच जिल्लाको नेतृत्व टुंगो लाग्न बाँकी छ। धनुषा, महोत्तरी, डोल्पा, पर्सा र सिहारामा अझै नेतृत्व चयन हुन सकेको छैन।

प्रकाशित: १० पुस २०७३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App