coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलो र छैटौँको दूरी दुई अंक मात्र

काठमाडौं– न्युरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफलाई हराउँदै राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार चौथो जित निकाल्दा फ्रेन्ड्सले तालिकाको पुछारमा रहेको सरस्वतीमाथि ४–१ फराकिलो  जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा एनआरटीले एपिएफलाई ३–२ ले हराउँदै महत्वपूर्ण जित निकालेको हो। जितसँगै एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। अघिल्लो सिजन लिगको पुछारमा रहँदै २ अंकको भार बोकेको एनआरटीको ७ खेलबाट ११ अंक भएको छ। थ्री स्टारसँगै समान ११ अंक भएप नि गोलअन्तरमा एनआरटी पछि परेको हो। यस्तै समान ११ अंक भएको नेपाल पुलिस एनआरटीभन्दा एक स्थान तल छैटौं स्थानमा छ। यससँगै जारी लिगमा सातौं चरणका खेल चलिरहँदा शीर्ष स्थान र छैटौं स्थानको टोलीको अंक दुरी २ मात्र रहेको छ। एक खेल कम खेलेको आर्मी १३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ।

आर्मीले सोमबार च्यासल युथसँग प्रतिस्पर्धा गर्दै छ। जित निकाले आर्मीले तीन अंकको दुरी बनाउँदै शीर्षता कायम राख्नेछ। आइतबार भएको दिनको पहिलो खेलमा एनरआटीलाई जित दिलाउन आन्द्रे थेरी र दर्शन गुरुङले एक/एक गोल गर्दा टोलीले एक गोल उपहार पायो।  एपिएफका आशिष लामाले दुई गोल गर्दा वीरेन्द्रप्रकाश यादवले एक गोल उपहार दिए।  निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एनआरटीका लागि आन्द्रेले २४औं मिनेटमा गोल गर्दै  अग्रता दिलाएका थिए। ४१औं मिनेटमा एपिएफका आशिषले बराबरी गोल फर्काउँदा पहिलो हाफमा एक/एक गोलको बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा आक्रामक बनेको एपिएफले अग्रता लियो। खेलको ५४औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता उल्टाए।  २–१ ले पछि परेको  एनआरटीका लागि ८०औं मिनेटमा उपहार गोलबाट बराबरीको अवस्था आएको थियो। वीरेन्द्रप्रकाशले आफ्नो पोस्टमा गोल गरेका थिए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा एनआरटीका दर्शनले गोल गर्दै जित सुनिश्चित गरे। खेलमा एनआरटीका एरिक विष्ट म्यान अफ दी म्याच घोषित भए। जितसँगै एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ। पराजित एपिएफ ७ खेलमा ५ अंकका साथ तालिकाको १२औं स्थानमा झरेको छ।

आइतबारै एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा फ्रेन्ड्सले तालिकाको पुछारमा रहेको सरस्वतीलाई ४–१ ले स्तब्ध बनायो। जीतसँगै फ्रेन्ड्सले तालिकामा एकै पटक चार स्थान सुधार ग-यो। सातौं चरणको खेलअघि १३औं स्थानमा रहेको फ्रेन्ड्स पुछारमा रहेको सरस्वतीविरुद्ध शानदार जित निकाल्दै नवौं स्थानमा उक्लिएको हो। यसअघि टोलीले पहिलो जित थ्री स्टारविरुद्ध निकालेको थियो। फ्रेन्ड्सको जितमा उत्तम राईले २ तथा, वाग्नर डो क्याम्रो र सौलो डी अग्यौनोले एक÷एक गोल गरे। सरस्वतीका लागि काजिम बुसारीले एक गोल फर्काए।

चौंथो मिनेटमा वाग्नर डो क्याम्रोको पासलाई उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। सुरुदेखि नै दबाबमा रहेको सरस्वतीविरुद्ध फ्रेन्ड्सले २४औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। फ्रेन्ड्सका फिलिप डी सौजाले प्रहार गरेको फ्रि किकलाई सौलो डी अग्यौनोले गोलको दिशा दिएका थिए। पहिलो हाफमा २ गोल गरेको फ्रेन्ड्सले दोस्रो हाफमा पनि २ गोल थप्दा १ गोल खान पुगेको थियो। एकतर्फीजस्तो भएको खेलको ७०औं मिनेटमा उत्तम राईको पासमा वाग्नर डी कार्मीले गोल गर्दै फ्रेन्ड्सको अग्रता ३–० मा पु-याएका थिए। ८०औं मिनेटमा सरस्वतीका कजिम बुसारीले गोल गर्दै अन्तर घटाउने प्रयास गरे। खेल सकिन ३ मिनेट बाँकी रहँदा उत्तम राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै जित निश्चित गरे।

जारी लिगमा फ्रेन्ड्सले दोस्रो जित निकाल्दा सरस्वती भने जितविहीन नै रहेकोे छ। जितसँगै फ्रेन्ड्सले रेलिगेसनभन्दा माथिल्लो स्थानलाई सुधार गरेको छ। फ्रेन्ड्सले चार स्थान सुधार गर्दै तालिकामा ८ अंक जोड्दा  नवौं स्थानमा उक्लिएको हो। यस्तै पराजित सरस्वती भने तालिकाको पुछारमा यथावत् छ। सरस्वतीको एक अंक मात्र रहेको छ। लिगमा सोमबार पनि दुई खेल हुनेछन्। एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइजले संकटासँग १२ बजे प्रतिस्पर्धा गर्दा दिनको दोस्रो खेल च्यासल युथ क्लबले शीर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मीसँग दशरथ रंगशालामा दिनको ३ बजे प्रतिस्पर्धा गर्नेछ। सोमबारको खेलसँगै  सातौँ चरणका खेल पनि समाप्त हुनेछन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग
आजका खेल
ब्रिगेड ब्वाइजविरुद्ध संकटा    १२ः०० बजे (एन्फा कम्प्लेक्स)
च्यासल युथविरुद्ध त्रिभुवन आर्मी    १५ः०० बजे (दशरथ रंगशाला)

प्रकाशित: ६ माघ २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App