coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि

काठमाडौं –  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सोमबार रातीबाट सुरु हुने मौन अवधिको पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ। माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भन्दै यो समयमा यो समयमा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट भोट नमाग्नसमेत आग्रह गरेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनको ४८ घन्टाअघि मौन अवधि सुरु हुने प्रावधानबमोजिम सोमबार रातिदेखि सो अवधि सुरु भएको बताए। ‘मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन,’ आयोग प्रवक्ता श्रेष्ठले भने, ‘ यस अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइवर र एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार गर्न निषेध गरिएको छ।’

आयोगले यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्नेगरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तक्र्र्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कार्य गर्न नपाउने जनाएको छ। साथै यस अवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्नसमेत आयोगले आग्रह गरेको छ। प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एकतिहाइ पद रिक्त हुने व्यवस्थाबमोजिम माघ २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका विभिन्न १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ भने एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ।

प्रकाशित: ६ माघ २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App