coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विराेधसभालाई सशक्त बनाउने एमाले निर्णय

 काठमाडाैं-प्रमुख प्रतिपक्ष एमालेले पुस २२ गते एमालेसहित नौ राजनीतिक दलहरुको आयोजनमा हुन लागेको प्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ। आइतबार बसेको एमाले जनवर्गिए संगठनकाे बैठकले पुस २१ गते दस हजार मोटरसाइकल र्याली निकाल्ने जनाएकाे छ।

एमालेले नेतृत्व गर्ने र्यालीमा नेकपा  माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी रहने एमालेले जनाएकाे छ। बैठकले  आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने, फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर ग्रुप बनाउने, प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने गरेकाे एमाले प्रचार विभाग प्रमुख याेगेश भट्टराईले जानकारी दिए।
बैडकले  पुस २० र २१ गते एसएमएस भाइरल चलाउने, प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने निर्णय गरेको एमालेले जनाएको छ। एमालेले ‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने भएको छ । पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने र सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने निर्णय पनि एमालेले गरेको छ । पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुनेछ ।

प्रकाशित: १० पुस २०७३ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App