coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माघ अन्तिम साता झिल्टुङ क्रस कन्ट्री

काठमाडौं – चौथो संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता नुवाकोटको बेलकोटगढीमा हुने भएको छ।

आइतबार आयोजक बेलकोटगढी वडा नम्बर पाँचले पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगितामा माघ २५ गते कोल्पुटारमा आयोजना हुने जनाएको हो। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुन लागेको क्रस कन्ट्री दौड १३.४ किमिको हुने आयोजकले जानकारी दियो। आयोजकका अनुसार जसमा ४.५ किमि उकालो, २ किमि समथर र बाँकी ओरालो रहनेछ। यस्तै छात्रा र छात्रलाई मध्यनजर राख्दै ४.५ किमिको खुला दौडसमेत आयोजना गर्ने आयोजकले  जानकारी दियो।

प्रतियोगिताको क्रस कन्ट्री दौडको पुरुष र महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रो हुनले ५ हजार पाउनेछन्। दौडमा अघिल्लो विजेताको दौड समयको कीर्तिमान तोडिए थप पाँच हजारबाट पुरस्कृत गर्ने आयोजकले जानकारी दियो। छात्रा र छात्रतर्फ विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउनेछन्।

क्रस कन्ट्री रेस कोल्पुटारबाट सुरु भएर बेलिनी खड्गछाप, माझी गाउँ, लामाटार हुँदै पुनस्कोल्पुटारमा समापन हुनेछ। गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।

प्रकाशित: ६ माघ २०७६ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App