जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव

आइतबार, ०५ माघ २०७६, १९ : १७ महेश्वर चामलिङ राई

उदयपुर- ट्याक्टरमा जलेर गम्भीर घाइते उदयपुरका एक चालकको खर्च अभावले उपचार गर्न समस्या परेको छ। बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा सुनसरीको इनरुवास्थित एक ग्यारेजमा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।

गत पुस १८ गते राति ट्याक्टर बनाउने ग्यारेजमै सुतेका बेला पेट्रोलमा लागेको आगोले पाठकको शरिरको ४५ प्रतिशत भाग जलेर घाउ भएको छ। तत्काल बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि कीर्तिपुर हस्पीटल रिफर गरिएका पाठकलाई भनेजस्तो पैसा खर्च गर्न नसककै कारण फिर्ता पठाएपछि सातादिनयता उदयपुर जिल्ला अस्पताल ल्याएर उपचार गराइदैछ। पाठकको अनुहार, पाखुरादेखि औंलासम्म दुवै हात र तिघ्रादेखि औंलैसम्म दुवै खुट्टा तथा पेटमासमेत आगोले पोलेको छ।

गत २८ गतेदेखि उदयपुर अस्पतालमा उपचाररत घाइते पाठकको अनुहारको घाउ भने निको हुँदै आएको भए पनि हात खुट्टा र शरिरको घाउ भने आवश्यक मेसिन उपकरणको अभावले निको हुन सकेको छैन। उनलाई सुविधासम्पन्न अस्पताल रिफर गर्नुुपर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. जिवनारायण मण्डलले बताएका छन्। उनका अनुसार बिरामी अपेक्षाकृत निको हुँदै गए पनि पूर्णरुपमा निको पार्न बाहिरै लानुपर्ने हुन्छ। आगोका घाइतेको उपचार गर्न दक्ष चिकित्सक अस्पतालमा रहे पनि आवश्यक यन्त्र उपकरणको अभावले सुविधासम्पन्न अस्पतालमै लानुपर्ने मण्डलले बताए।

परिवारले खर्च अभावका कारण बाहिर उपचार गराउन सक्ने अवस्था नरहेको भन्दै बाध्यतावश जिल्ला अस्पतालमा उपचार गराउनुपरेको जनाएको छ। आर्थिक अवस्था कमजोर रहेको पाठक परिवार छोराको उपचारमा अहिलेसम्म ३/४ लाख रुपैयाँ सकिइसकेको र उपचारका लागि थप रकमको जोहो गर्न नसकेपछि कीर्तिपुर हस्पीटलले फिर्ता पठाएको बाबु पर्बतले बताए। उनले ट्याक्टर साहुले भर्खरै काममा लागेको भन्दै धेरै खर्च बेहोर्न नसक्ने भनेपछि आप्mनै पैसाले छोराको उपचार गराईरहेको र पैसा सकिएपछि जिल्ला अस्पताल ल्याएको बताए।

ट्याक्टर साहु राजन बन्जराले एकसातादेखि मात्र पाठक आफूसँग काम गर्न आएको र आगो घटनामा बिमाको व्यवस्था नभएकाले धेरै खर्च बेहोर्न नसक्ने बताए। उनले काम थालेको ८ औं दिन नै घटना भएकाले बिमा कम्पनीले आगोका घाइते कामदारलाई क्षतिपूर्तिको व्यवस्था नभएको जवाफ पाएको बताए। उनले मानवताको नाताले पाठकको उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता भने जनाएका छन्।

यसैबीच जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले घाइते पाठकलाई अस्पतालमै भेटेर सान्त्वना दिएका छन्। अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका परियारले पाठकको उपचारमा अस्पतालको स्रोतसाधनले सक्दो कुनै कमी हुन नदिने र नियमित निगरानी राख्न चिकित्सकहरुलाई निर्देशन दिए। छोराको उपचारमा सक्दो सहयोग गर्ने उनको परिवारलाई सान्त्वना दिँदै उनले व्यक्तिगत र संस्थागत चन्दा संकलन गरेर भए पनि छोराको उपचार गराउनुपर्ने सुझाव दिए।

उदयपुर अस्पताललाई अग्निपीडित र हाडजोर्नी, मुटु, बाल, दाँत, नाक–कान–घाँटीलगायत सबैखाले बिरामीको उपचारथलो बनाउन स्तरोन्नति कार्य अघि बढाउने योजना रहेको परियारले बताएका छन्। जिल्लाकै अस्पतालमा सबैखाले उपचारको सेवा विस्तार गर्नेगरी ३ सय शैय्यामा स्तरोन्नति गर्न अस्पताल विकास समितिले संघीय सरकार र प्रदेश मन्त्रालयमा योजनासमेत पेश गरिसकेको परियारले बताएका छन्।
 
 

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad