८ वैशाख २०८१ शनिबार
खेल

लिग चरणको खेल सुरु, न्यु होराइजन विजयी

म्यान अफ द म्याच न्यु होराइजनका पुरुषोतम भट्टराईलाई पुरस्कृत गर्दै उद्योगी विनय कसौधन ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत आइतबार भएको न्यु होराइजन क्लब विजयी भएको छ। लिग चरणको पहिलो खेलमा वेस्टर्न क्रिकेट क्लबलाई न्यु होराइजन क्लबले ५६ रनले पराजित गर्दै २ अंक हासील गरेको हो।

टस हारेर व्याटिङ गरेको न्यू होराइजन क्रिकेट क्लबले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको लक्ष्य वेस्टर्न क्रिकेट क्लबलाई दिएकोमा लक्ष्य पुर्‍याउन नसकेपछि ५६ रनबाट हार व्योहोर्नु पर्‍यो। बेस्टर्नले २९ दशमलव ५ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाउन सफल भयो। जितका लागि होराइजनका भिम केसीले सर्वाधिक ५८ बलमा ६२ रन बनाए। त्यस्तै शक्ति गौचनले अभिजीत २६ र प्रदिप अ‍ैरीले २५ रनको योग्दान गरे। बलिङ तर्फ वेस्टर्नका सन्देश थापाले ४ अभिषेक गौतम र रमेश कुमारले १–१ विकेट लिए।

दोस्रो पारीमा खेल्दै वेस्टर्नका विक्रम थापाले सर्वाधिक ४४ रन, भुवन पाण्डेले १९ र सिमान्त शाहीले अभिजीत १४ रन बनाए पनि जित आफ्नो पक्षमा पार्न सकेनन्। बलिङ तर्फ होराइजनका पुरषोतम भट्टराईले ३, गोविन्द केसीले २ एवं शक्ति गौचन, कृष्ण पराजुली र भिम केसीले समान १–१ विकेट लिए।

आइतबारको खेलमा न्यु होराइजनका पुरुषोतम भट्टराई म्यान अफ द म्याच भए। उनले ६ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए उनलाई उद्योगी विनय कसौधनले नगद एक हजार रुपैयाँ र सिल्डले पुरस्कृत गरे।
सोमबारको खेल श्री शिव शक्ति क्रिकेट क्लब भैरहवा र एमसीसी क्लबबीच बिहान ८ः३० वजे सिद्धार्थ रंगशालामा सुरु हुनेछ।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको छ। विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतियोगितामा जिल्लाका २० क्लब प्रतिस्पर्धामा छन्। लिग चरणमा डिभीजन ए अन्र्तगतका ८ र बि बाट आएको ४ क्लब गरी १२ क्लबबीच सुपर लिग प्रतियोगिता सुरु भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ नगद, उपविजेताले ४० हजार रुपैयाँ नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडिलाई १५ हजार रुपैयाँ, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउने छन्।

 

प्रकाशित: ५ माघ २०७६ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App