७ वैशाख २०८१ शुक्रबार
राजनीति

बेल्जियमकी राजकुमारी र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं- बेल्जियमकी राजकुमारी एस्ट्रिड र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ।

एक हप्ते नेपाल भ्रमणका लागि नेपाली आएकी एस्ट्रिड र ज्ञवालीबीच आइतबार साँझ भेटवार्ता भएको हो। उनले नेपाल बसाईको क्रममा कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्ठरोग तथा क्षयरोगका बिरामीलाई भेट्ने छन्।

त्यसैगरी नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम पनि रहेको बताइएको छ। यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ।

आइतबार राजकुमारी एस्ट्रिडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रकाशित: ५ माघ २०७६ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App