coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सूचना प्रविधि विधेयकको विरोधमा कांग्रेसले बुझायो ७७ जिल्लामा ज्ञापनपत्र

काठमाडौं- नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त कांग्रेसले ज्ञापन पत्र बुझाएको हो। काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ। नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँले लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रतामा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको बताए। कांग्रेसले सरकारको उक्त कदमलाई गम्भिर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने चेतावनी उनले दिए।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सैजुले कुनै कुनै माध्यमबाट तत्काल नै गृहमन्त्रालयमा पठाउने बताए। संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ।  

प्रकाशित: ५ माघ २०७६ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App