८ वैशाख २०८१ शनिबार
राजनीति

सभामुखले बोलाइन प्रमुख सात दलको बैठक

काठमाडौं–संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले लगातार संसद अबरुद्ध पारेपछि सहमतिकालागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीन दलसहित सात राजनीतिक दलको बैठक बोलाएकी छन्।

दलहरुबीच सहमति हुने संभावना नदेखेपछि सभामुख ओनसरी घर्तीले सोमबार तीन बजे कांग्रेसदेखि तमलोपासम्मका सात राजनीतिक दलको बैठक बोलाएकी हुन्।  सरकारले मंसिर १४ गते संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको कारवाही अगाडि बढ्न नदिने विपक्षी दलले निर्णय गरेका छन्।

जसका कारण संसदमा छलफलका क्रममा रहेको अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ। सरकार संविधान संशोधन प्रस्ताव फिर्ता नलिने र प्रतिपक्ष फिर्ता नलिएसम्म सदन चल्न नदिने अडानकाबीच सभामुखले सहमतिको प्रयास थालेकी हुन्। यसअघि पनि प्रमुख तीन दलका शीर्ष नेतासँग परामर्श गरेकी सभामुखले दलहरु सहमतिमा पुग्न नसकेपछि पुन बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए।

‘संसदमा दशभन्दा बढी सांसद संख्या रहेका दलहरुलाई सभामुखले बैठकमा बोलाउनु भएको छ,’ शर्माले भने, ‘दुई अंक (दशभन्दा बढी) सांसद संख्या रहेका दल सात वटा छन उहाँहरुलाई बैठकमा बोलाइएको हो।’  बैठकमा सदन सुचारु गर्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। यसैबीच  प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसभित्र पनि संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनमा जानुपर्ने आवाज उठ्न थालेको छ। आइतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिनुपर्ने राय राखेका थिए।

प्रकाशित: १० पुस २०७३ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App