७ वैशाख २०८१ शुक्रबार
समाज

वडा कार्यालयलाई स्थानीयले दिए निःशुल्क जग्गा

वडाध्यक्ष भीम राईलाई लालपुर्जा हस्तान्तरण गर्दै नुनथलाका जग्गादाता । तस्बिर: दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका पाँच स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा दिएका छन्।

वडा कार्यालयको भवन बनाउनका लागि स्थानीय महेन्द्रबहादुर राईले १ रोपनी १ आना ३ पैसा, डम्वरबहादुर राईले १ रोपनी १ आना २ पैसा, भक्तकुमार राईले १४ आना, मोतीचन्द्र राईले १ रोपनी २ आना ३ दाम र धर्मश्वर राईले १३ आना २ पैसा ३ दाम जग्गा निःशुल्क दिएका हुन्।

जग्गादाताले आईतबार करिब ५५ लाख रुपैयाँ मूल्य पर्ने ५ रोपनी १० आना जग्गा जिल्ला मालपोतको कार्यालयबाट वडा कार्यालयको नाममा पास गरिदिएको वडाध्यक्ष भीम राईले बताए। स्थानीयबाट ठुलटार भन्ने ठाउँमा जग्गा निःशुल्क प्राप्त भएसँगै भवन निर्माणका लागि पहल गर्ने वडा कार्यालयले जनाएको छ।

जग्गादाताले जग्गा पास गरे लगत्तै मालपोत कार्यालयमै वडाध्यक्ष राईलाई लालपुर्जा हस्तान्तरण गरेका छन्।

 

प्रकाशित: ५ माघ २०७६ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App